२७ श्रावण २०७९, शुक्रबार

नक्कली नोटसहित रौतहटबाट चार जना पक्राउ

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार १६:१७


रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जना युवक पक्राउ गरेको छ । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुई दिनअघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका-३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।


45
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५

प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा

चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाममा उत्पादन

झापाको शिवसताक्षी नगरपालिका-९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी-९ आइतबारेकी ११