२७ श्रावण २०७९, शुक्रबार

मतदाता नामावली संकलन आजबाट स्थगित

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार ०२:४१


आजदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ ।

साथै, अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ (भोलि)सम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिएको छ

प्रकाश पाक्साँवा, तेह्रथुम जनैपूर्णिमा तेह्रथुमको छथर गाउँपालिकाका धामीझाँक्रीहरूको लागि महान् पर्व हो । उनीहरू नाग पञ्चमीदेखि धामी घरघरमा थान लगाएर

ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ

खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५