२७ श्रावण २०७९, शुक्रबार

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार ०१:३६


मनसुनको न्यून चापीय रेखा यतिबेला सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५

प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा

चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाममा उत्पादन

झापाको शिवसताक्षी नगरपालिका-९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी-९ आइतबारेकी ११