२७ श्रावण २०७९, शुक्रबार

यु २० टिम स्वदेश फर्कियो

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार ०१:३२


नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो ।

प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न असफल भयो ।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष द्वय दीपक खतिवडा र विराटजंग शाही, सदस्यद्वय महेन्द्र श्रेष्ठ र पेमा डोल्मा लामा लगायतले स्वागत गरे ।

नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० को नतिजामा हराउँदा आयोजक भारतलाई ८–० को नतिजा सुम्पिएको थियो । बंगलादेशसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउने हुँदा नेपाल तेस्रो स्थानमा मात्रै सीमित भयो ।

अपराजित रहँदै शीर्ष स्थानमा रहेको बंगलादेश र भारतले उपाधिका लागि आज शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५

प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा

चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाममा उत्पादन

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्षमा चयन गरेको छ । सातदोबाटोस्थित एन्फा कार्यालयमा एन्फा अध्यक्ष पङ्कज