२७ श्रावण २०७९, शुक्रबार

पाँच नेता देशद्रोही भएको ओलीको आरोप

  प्रकाशित मिति
१७ श्रावण २०७९, मंगलबार १७:२३


  • file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले आरोप लगाएका हुन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा उनले सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गरेका छन् भने गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए सोच्ने बताए ।

‘गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन्, जो नेकपामा हुँदा दुःख दिनेहरू थिए नि… पाँच भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् । अनि के पो बनाउने भने, समाजवादी केन्द्र बनाउने । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ? यी जनविरोधी, देशद्रोही, यी एमसीसी, यी एसपीपी, यिनीहरू समाजवादी ?! यिनीहरू न समाजवादी हुन्, न केही हुन्’- ओलीको भनाइ छ ।


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका