२७ श्रावण २०७९, शुक्रबार

नेपाली टिममा परिवर्तन : बंगलादेशविरुद्धको खेलमा सन्दीप पनि खेल्ने

  प्रकाशित मिति
१७ श्रावण २०७९, मंगलबार १०:२३


साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ ।

आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाइमा स्थान बनाएका थिए ।

भारतविरुद्ध ८-० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।

यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । यदि, आज नेपालले खेल जितेर मात्रै पुग्दैन । हेड टु हेडमा बलियो हुन कम्तिमा ५-० को जित निकाल्नुपर्नेछ ।

मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।

नेपालको प्लेइङ सेट :

गोलकिपर : ईश्वर गुरुङ

डिफेन्डर : अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सुमित श्रेष्ठ

मिडफिल्डर : आशिष राई, दिपेश गुरुङ, सन्दीप कार्की

फरवार्ड : सुगम सुवाल, कृतिश रत्न छुन्जु, आयुष घलान


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो

ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय