२७ श्रावण २०७९, शुक्रबार

कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

  प्रकाशित मिति
१७ श्रावण २०७९, मंगलबार ०५:५४


नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन् ।

एयर होस्टेज कन्चनसँग किरण विगत २ वर्ष देखि प्रेममा रहेको बुझिएको छ । थ्री नेसन्स कप जित्दा दुई जना एकै साथ दशरथ रंगशालामा देखिएका थिए ।

टोलीको पुरस्कार वितरण समारोहमा किरणले आफ्नी प्रेमिका, उनकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लगेका थिए ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजन २०२२ को उत्कृष्ट गोलरक्षक चुनिएका हुन् ।

किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गऱ्यो, एक खेलमा हार बेहोऱ्यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ ।

यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।


126
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका