२७ श्रावण २०७९, शुक्रबार

समुद्रती तटमा खिचिएका तस्बिर थाहा नदिइ विज्ञापन बनाइएपछि…

  प्रकाशित मिति
१५ श्रावण २०७९, आइतबार ०८:५५


स्पेन सरकारले अनुमतिबिना आफ्नो तस्बिर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बनेकी छिन् । तस्बिरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको हिस्साको रूपमा प्रयोग गरिएको थियो ।

तर, ३२ वर्षीया सियान ग्रीन–लर्डले आफूले अभियानबारे साथीहरूले सन्देश पठाएपछि मात्र थाहा पाएको बताइन् । आफ्नो तस्बिर अनुमतिबिना अभियानमा प्रयोग भएको भन्दै आपत्ति जनाउने उनी दोस्रो महिला हुन् ।

यसअघि शुक्रबार लन्डनकी न्योम निकोलस–विलियम्सले आफ्नो इन्स्टाग्राम पृष्ठको तस्बिर स्पेनिस इन्स्टिच्युट फर वुमनले जारी गरेको पोस्टरमा प्रयोग गरिएको बताएकी थिइन् ।

‘गर्मी हाम्रो पनि हो’ भन्ने नाराको मुनिको समुद्री तटमा स्तनको शल्यक्रिया गरिएकी एक जनासहित पाँच जना महिलाको दृष्टान्त अभियानमा प्रस्तुत गरिएको छ । ग्रीन-लर्ड तस्बिरको तल बायाँ देखिन्छिन् ।

आफ्नो कृत्रिम खुट्टा हटाउनका लागि फोटा सम्पादन गरिएको देखेपछि आफू रिसले आगो भएको उनले बताएकी छिन् । आफ्नो स्वीमस्वीट पनि परिवर्तन गरिएको उनको गुनासो छ ।

सन् २०१३ मा न्यूयोर्कमा छुट्टी मनाउने क्रममा ट्याक्सीले ठक्कर दिएपछि उनका खुट्टा काटिएको थियो । दुर्घटनाको समयमा उनी म्यानहटनमा एक साथीसँग हिँडिरहेकी थिइन् ।

यसैबीच, अनुमति बिना तस्बिर प्रयोग गरेकोमा अभियानका निर्माताले माफी मागेका छन् ।


234
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका