पूर्वप्रहरीको घरमै क्यासिनो

पूर्वप्रहरीको घरमै क्यासिनो


क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध लागे पनि धुम्बाराही पीपलबोटनजिक नेपाल प्रहरीका एकजना पूर्वडीएसपी मीनप्रसाद पौडेलको पाँचतले घरमा निर्वाध रूपले मिनी क्यासिनो सञ्चालित छ । निज पौडेलले बहालमा छँदादेखि नै सञ्चालन गरिरहेको उक्त जुवाघर वर्षौंदेखि सञ्चालित छ । जुवाघरमा सयदेखि दुई सय रुपैयाँ प्वाइन्टसम्म म्यारिज खेल हुने गर्दछ ।
उक्त जुवा अखडामा मनोरञ्जन गर्न अवकाश प्राप्त गरिरहेका आईजीपी र एआईजीपीसमेत आउँछन् । ती अधिकारीहरू बहालमा छँदा सार्वजनिक बिदाका दिनहरूमा आउने गर्दथे । निज पौडेलले आईजीपीको नाम बेचेर तास खालमा ओछ्याउन तत्कालीन बौद्ध वडाका इन्चार्जलाई लाखौँ मोल पर्ने कार्पेटसमेत किन्न लगाएका छन् । निजले घरमा दुईवटा तास खेल्ने/खेलाउने कक्ष बनाएका छन् । भीआईपीहरूको खेल हुँदा विशेष सोफासहित र झ्यालमा कालो सिसा हालेका छन् । सार्वजनिकका लागि सबैभन्दा माथिल्लो तलामा तास खेलाउने कक्ष बनाएका छन् । भीआईपीहरू नआएको बेला निजले महाराजगञ्ज आसपासका बहालवाला प्रहरी अधिकृतलाई बोलाई खेलाउँछन् भने त्यो पनि सम्भव नभएका बेला आफ्नै घर छेउछाउका मासुपसले, दूधपसले र अन्य सब्जीपसलेहरूलाई सामेल गराई खेलाउने गर्छन् । फोन गर्दा नआएमा पसलमै गई बोलाएर लैजाने गर्दछन् । निज पौडेलको त्यस्तो व्यवहारबाट आजित भई हामी व्यवसाय गरी खाने हाम्रा श्रीमान्लाई निज भूपू डीएसपीले लगी दिनभर तास खेलाई सम्पूर्ण रकम सिध्याई नाङ्गेझार पारी पठाइदिन्छ, अब हामी कसरी व्यवसाय गरिखानु भनी पसलेका पत्नीहरू गुनासो पोख्दै हिँड्छन् । के भूपूडीएसपीजस्तो व्यक्तिले सीधासोझा जनतालाई मै हुँ भन्ने धाक लगाई जबर्जस्ती तास खेलाई अर्काको रोजीरोटी नै बर्बाद पार्न मिल्छ ?
आईए मात्र पास भएका निज पौडेलले र्सइबाट इन्सपेक्टरमा बढुवा हुनका लागि बीए पासको नक्कली र्सर्टिफिकेट किनेर प्रस्तुत गरी बढुवा हुन सफल भएका र पछि अख्तियारबाट नक्कली र्सर्टिफिकेट छानबिनमा समेत परेका थिए । पछि अख्तियारकै छानबिनबाट उम्कन निकै ठूलो रकम चलखेल गरेको भन्ने चर्चा त्यहीबेला चलेको थियो ।
स्थायी घर स्याङ्जा र हाल काठमाडौं वडा नं. ४ धुम्बाराही पीपलबोटमा बसोबास गर्ने निज पौडेल वहालमा रहँदा पनि सधैं मालदार ठाउँहरूमा मात्र दरबन्दी बनाउन सफल हुन्थे । निज प्रहरी कर्मचारी प्रशासन शाखामा लामो अवधि बसेको र सो अवधिमा निजले सरुवा-बढुवा मिलाइदिने भनी प्रहरी अधिकृत जवानबाट रकमकलम लिने-खाने र सो समयमा प्रायजसो बिहानैदेखि निजको घरअगाडि गेटमा खसी, बोका, चामलका बोरा, घ्यू-तेलका टिनजस्ता सामान गाडीबाट झार्ने गरेको सधैं छिमेकीले देख्ने गथ्र्यौं । यस्तो भ्रष्ट व्यक्तिको र्सर्टिफिकेट छानबिन प्रक्रिया किन रोकियो यसमा अख्तियारको ध्यान जान जरुरी छ ।
तास खेलाएर दैनिक २०/३० हजार उठ्ती उठाउने यिनले राति १२ बजेसम्म खेलाउने हुँदा खेलाडी र्फकंदा गाडी, मोटरसाइकलहरूको आवाजले हामी छिमेकीलाई साह्रै पीडा भएको छ । प्रहरी प्रशासनले तत्काल रोक लगाओस् ।
-पीडित छिमेकी र तास खेल्ने व्यवसायीका पीडित श्रीमतीहरू

मैले त्यसो गरेकै छैन
सम्पादकज्यू,
तपाईंको लोकप्रिय साप्ताहिक घटना र विचारको मिति २०६८ पुस २० गतेको अङ्कमा प्रकाशित मलको कालोबजारी मालामाल शीर्षक समाचारमा मेरो नाम उल्लेख भएकोमा दु:खी छु । उक्त समाचारमा उल्लेख गरिएका विवरणहरू तथ्यहीन भएकाले मेरो चरित्रहत्या गर्ने मनसायबाट प्रेषित भएको आशङ्का गर्दछु । म कार्यरत कार्यालयबाट हालसम्म मलखाद बिक्री-वितरणमा कुनै कालोबजारी नभएको, कार्यालयको सवारी साधन दुरुपयोग नगरेको र सर्वसाधारण जनतालाई असहज हुने खालका कुनै काम नगरेको र त्यस्तो गर्ने मनसायसमेत नरहेको स्पष्ट पार्न चाहन्छु ।
साथै, यस्ता समाचारबाट मजस्ता इमानदार राष्ट्र सेवकहरूका मनोबलमा ठेस पुग्ने भएकोले सम्पादकज्यूले समेत यस्ता सामग्री प्रकाशनपूर्व पर्याप्त आधार केलाई दिने हो भने घटना र विचारको लोकप्रियता अझ बढ्नेमा कुनै शङ्का छैन ।
-पुण्यप्रसाद उपाध्याय
प्रमुख, कृषि सामग्री कम्पनी, उपशाखा कार्यालय, मलंगवा