शान्ति
प्रकाशित मिति
१४ श्रावण २०७९, शनिबार ०१:३३
- रुक्मिणी अमात्य
शान्ति तिमी ज्योति बनी सबैको
मस्तिष्क भित्र घुसी देउ ।
स्वार्थको भावनालाई तिमी
सदाको लागि टाढा फ्याँकी देउ ।
तिम्रो खोजीमा कतिले यहाँ
रगतको खोला बगाइ सके ।
कतिले त विचलित भइ
विपरित दिशा रोजिसके ।
आफू आफूमै यहाँ
आफ्नोपन हराइ सके ।
बिन्ती छ तिमीलाई हाम्रो
सबैको मनमा छाइदेउ ।
चौबाटोमा नअल्मलाइ
सत्यको बाटो देखाइदेउ ।
धमिलिएका ती आँखाहरूलाई
तेज बनि शक्ति देउ ।
त्याग र तपस्याको भावना जगाइ
शान्तिको बाटो अँगाल्न देउ ।
पीडित अवस्थाको आँसुको धारालाई
तिमी आई पुछिदेउ ।
बिन्ती छ शान्ति तिमीलाई
हाम्रो मुटुभित्र बसिदेउ ।
रतिभर ढिलासुस्ती नगरी
हामीलाई खुशी दिलाइदेउ ।
- हाल बेल्जियम
Shares