देश टुक्र्याउने प्रतिवेदन पनि टुक्रा गरेरै प्रस्तुत

देश टुक्र्याउने प्रतिवेदन पनि टुक्रा गरेरै प्रस्तुत


देशको सार्वभौमसत्ता विभाजन गरिछाड्ने राजनीतिक दलहरूको अठोटलाई अन्तिम रूप दिने जिम्मेवारी पाएका नौ भाइले प्रतिवेदनलाई पनि टुक्र्याएर प्रधानमन्त्री बाबुराम भट्टराईलाई मंगलबार बुझाएका छन् । धर्ना र नाराबाजीबीच प्रधानमन्त्रीसँग भेटी समितिका अध्यक्ष मदन परियारले उक्त प्रतिवेदन बुझाएका हुन् । शेर्पा र जडान प्रदेशलाई राज्य पुनर्संरचना आयोगले हटाएको भन्ने सूचनाका सम्बन्धमा जानकारी माग्दै प्रधानमन्त्री कार्यालयको गेटबाहिर सभासद्हरू पासाङ शेर्पा र लक्की शेर्पाले नेतृत्व गरेको समूहले नाराबाजी गर्दै धर्ना दिएको थियो । उनीहरूले धर्ना दिएपछि आयोगका सदस्यलाई सुरक्षा घेरामा राखी प्रधानमन्त्री कार्यालय छिराइएको थियो ।
आयोगका सदस्यहरूबीच प्रदेशको सङ्ख्या, सीमा र नामाङ्कनजस्ता मुद्दामा विभाजित रहँदै आए पनि उनीहरूले बहुमतका आधारमा भन्दै प्रतिवेदन बुझाएका हुन् । प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा आयोगका संयोजक डा. मदन परियारसहित ६ सदस्यले जातीय आधारमा ११ प्रदेश हुनुपर्ने प्रस्ताव गरेका छन् भने बाँकी तीन सदस्य डा. रमेश ढुङ्गेल, सावित्री गुरुङ र सर्वराज खड्काले ६ प्रदेशको अवधारण्ँा अघि सार्दै प्रदेशलाई नाम नतोकी १ देखि ६ नम्बर सङ्केत नाम दिएका छन् । ढुङ्गेल र गुरुङ काङ्ग्रेस र खड्का एमालेका प्रतिनिधिका रूपमा आयोगमा पुगेका हुन् । त्यस्तै, संयोजक परियार, मल्ल के. सुन्दर, स्टेला तामाङ, कृष्ण्ँ हाछेथु, सुरेन्द्र महतो र भोगेन्द्र झाले जातीय आधारमा ११ प्रदेश प्रस्ताव गरेका छन् । मल्ल, तामाङ माओवादी, हाछेथु, महतो मधेसवादीबाट र झा एमालेको सिफारिसमा आयोगको सदस्य बनेका हुन् । उनीहरूले जातीय आधारका तमुवान, किरात, ताम्सालिङ, नेवा:, नारायण्ँी, मगरात, कर्णाली-खप्तड, मिथिला-भोजपुरा-कोच-मधेस र लुम्बिनी-अवध, थारुवान प्रदेश १० राज्य र दलितका लागि उनीहरूको जनसङ्ख्याका आधारमा राजनीतिक प्रतिनिधित्वलगायतका अधिकार दिएर गैरभौगोलिक ? नन् टेरिटोरियल) गरी ११ प्रदेशको खाका प्रस्ताव गरेका छन् । आयोगमा एमालेबाट प्रतिनिधित्व जनाएका दुई सदस्यले भने आयोगमा पार्टीको जस्तै दोहोरो रूप प्रस्तुत गरेका छन् । दुईमध्ये झाले जातीय राज्यको सिफारिस गरेका छन् भने खड्का जातीय राज्यको विपक्षमा उभिएका छन् ।
सङ्घीयताको खाका कोर्ने आधारमा विभाजित आयोगका सदस्य एक साताअघिदेखि दुई समूहमा विभाजित भएका र आ-आफ्ना प्रतिवेदनलाई अन्तिम रूप दिनमा व्यस्त रहका थिए भने काङ्ग्रेसका दुई र एमालेका एक सदस्यले आयोगको बैठकसमेत बहिष्कार गर्दै आएका थिए । आयोगका सदस्य महतोका अनुसार हिजो मंगलबारको अन्तिम बैठकमा भने सबै सदस्यको सहभागिता थियो । सदस्य महतोका अनुसार उनीहरूले प्रतिवेदनमै फरक मत राख्ने निर्णय भएको र सोहीअनुसार प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन एउटै भए पनि त्यसैमा फरक मत समेटिएको छ । एमाओवादी, काङ्ग्रेस, एमाले र मधेसी जनआधिकार फोरम लोकतान्त्रिक गरी प्रमुख चार राजनीतिक दलको सहमतिमा गत मङ्सिर ६ गते दुई महिनामा प्रतिवेदन बुझाउने गरी आयोग गठन भएको थियो भने ११ मङ्सिरदेखि उसले आफ्नो काम थालेको थियो । तर, तोकिएको समयमा काम सम्पन्न हुन नसकेको भन्दै आयोगले ११ माघमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग एक साताको थप म्याद मागेको थियो ।
दलहरूको लामो कसरत र विवादबीच आयोग बने पनि त्यसका सदस्यको रूपमा अघि सारेकामध्ये अधिकांश नयाँ अनुहारका देखिनुका साथै हाछेथु र सुन्दर भने विवादास्पद व्यक्तिको रूपमा समेत चिनिँदै आएका थिए । हाछेथु गैरसरकारी संस्थाबाट परिचालित, स्पष्ट विचार नभएका व्यक्तिको रूपमा चिनिन्छन् र उनी नेपाल र नेपालीको हितमा भन्दा पनि गैरसरकारी संस्थाको हितमा काम गर्ने व्यक्तिको रूपमा स्थापित भएको नागरिक अगुवाहरू बताउँछन् । एक समय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कट्टर समर्थकका रूपमा रहँदै आएका हाछेथु मधेसी मोर्चाको कोटाबाट आयोगको सदस्य बन्नुले पनि उनको भूमिका रहस्यमयी रहने गरेको देखिने उनीहरूको भनाइ थियो । त्यस्तै, कृष्ण सुन्दर पनि आईएनजीओबाट परिचालित, साम्प्रदायिक व्यक्तिको रूपमा चिनिँदै आएका हुन् । विभिन्न स्वरूपका र फरक-फरक दाग लागेका व्यक्तिहरूले विधिवत् शपथग्रहण नै नगरी आफ्नो कामको सुरुवात गरेका थिए ।
शपथग्रहण नै नगरी काम सुरु गरेको आयोगका सदस्यहरूले आयोगका गोप्य कुराहरू प्रेसमार्फत सार्वजनिक नगरिए पनि अधिकांश सदस्य आईएनजीओकर्मी भएकोले आफूसम्बद्ध आईएनजीओहरूलाई सूचना उपलब्ध गराउँदै आवश्यक निर्देशन लिएका थिए । मुलुकको स्वार्थभन्दा विदेशी शक्ति र आईएनजीओको स्वार्थअनुरूप परिचालित अधिकांश सदस्यले जिम्मेवारी पाउनुअघि नै सार्वभौमसत्ता विखण्डन गर्ने धारणा प्रकट गर्दै आएका हुनाले आयोगले दिएको प्रतिवेदन विवादास्पद रहेको विज्ञहरूको भनाइ छ । आयोगमा माओवादीका तर्फबाट सिफारिस गरिएका मल्ल के सुन्दर र स्टेला तामाङ दुवै जातीय राज्यका पक्षधर हुन् । कुनै बेला पत्रकारसमेत रहेका मल्ल के सुन्दर नेवा: दबुका अध्यक्षसमेत हुन् । नेवा: दबुले राजधानी काठमाडौंलाई नेवारी राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएको छ । क्यानेडियनलगायत अन्य केही अन्तर्राष्ट्रिय संस्थाले नेवा: दबुलाई सहयोग गर्दै आएकोमा पछि जातीय नारा बढी दिएको र एकपक्षीय रूपमा वकालत गरेको भनी सहयोग रोक्का भएको थियो । यसैगरी स्टेला तामाङ आदिवासी जनजाति सङ्गठनकी महिला संयोजक हुन् । महिला अधिकारको क्षेत्रमा कार्यरत उनी जातीय राज्यकी प्रखर वकालतकर्ता हुन् । उनी क्षेत्री-ब्राह्मणका कारणले नेपालको यो अवस्था भएको हो, जनजाति बाहुल्य शक्ति संरचना र जातीय राज्य हुनासाथ सब ठीक हुन्छ भन्ने मान्यता राख्छिन् । उनी विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग निकट छिन् । र, उनीहरूले जातीय राज्यको सिफारिस गरेका छन् ।

बैठकमा एउटा कुरा बैठकपछि अर्कै
-गुरुङले भने प्रचण्डलाई बलजफ्ती सही गराइयो
-अरूले सोधे ? के प्रचण्ड अबुझ बालक हुन् ?
प्रचण्ड र मोहन वैद्य किरणबीचको एकतापश्चात् माओवादी नेतृत्वको सरकार बलियो हुनुपर्नेमा ‘एकता’ अघिभन्दा पनि अहिले डा. बाबुराम भट्टराई कमजोर हुन पुग्नुभएको छ । वैद्य खुला रूपमा र प्रचण्ड भित्रभित्रै भट्टराईको नेतृत्व विस्थापित गर्न क्रियाशील भएपछि सरकारको भविष्य थप अनिश्चित हुन पुगेको हो । माओवादी अध्यक्ष प्रचण्ड बाबुरामलाई विस्थापित गर्न हतार गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत गत शनिबार भएको तीन दलका नेताहरूको उच्चस्तरीय बैठकमा पनि देखियो । नेताहरू प्रचण्ड, सुशील कोइराला र झलनाथ खनाल तथा मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरे, देव गुरुङ र भीम आचार्य सम्मिलित बैठकमा प्रचण्डले आफ्नो पक्षपोषण गर्दै धेरै कुरा बोले, जुन सहभागी अन्य नेताहरूका निम्ति महत्त्वपूर्ण रहेन । तर, कुरा टुङ्ग्याउँदै उनले अन्त्यमा भनेका कुराले भने सहभागीलाई प्रचण्डको आशय बुझ्न कुनै कठिनाइ परेन । प्रचण्डले भनेका थिए, ‘विगत पाँच वर्षदेखिको राजनीतिक अभ्यासमा मैले अहिले आएरचाहिँ एउटा कुरा साँच्चै महसुस गरेँ, राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म यहाँ न शान्ति स्थापना हुनसक्छ न संविधान नै निर्माण हुनसक्छ ।’ प्रचण्डको अभिव्यक्तिलाई लिएर त्यहाँ कसैले कुनै ठोस टिप्पणी त गरेनन्, तर प्रचण्ड के चाहँदारहेछन् भन्ने जानकारी पाएको महसुस भने सबैले गरे । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र प्रधानमन्त्रीचाहिँ आफैं बन्ने आकाङ्क्षा प्रचण्डले राखेको सङ्केत सहभागी नेताहरूले पाए ।
गत शनिबार त्रिपक्षीय बैठकपश्चात् ३३ दलको बैठक बस्यो । बैठकमा देव गुरुङले आफ्ना अध्यक्षलाई विवाद समाधान उपसमितिको संयोजक बनाएर कतिपय विवादित विषयमा बलजफ्ती दस्तखत गराएकोले आफूहरूलाई मान्य नहुने धारणा राखेका थिए । गुरुङको चर्को कुरा सुनेपछि नेपाली काङ्ग्रेसका नेता एवम् मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले कडा प्रतिवाद गर्दै माओवादीको तर्फबाट भएका शृङ्खलाबद्ध त्रुटिहरूको विवरण प्रस्तुत गर्नुभयो । बैठक संसद्को अवरुद्ध बैठकलाई सुचारु बनाउन माओवादीले कथित जनसरकारद्वारा भए-गरेका लिखतलाई वैधानिक मान्यता दिने भनी सरकारले लिएको निर्णय फिर्ता गरिनुपर्छ भन्ने विषयमा केन्द्रित थियो । देव गुरुङको कुरा सुनेपछि नेता घिमिरेले ‘लौ अब जेठ १४ भित्रै संविधान बन्ने भयो’ भन्नुहुँदा बैठकका सबै सहभागी गलल्ल हाँसेका थिए । घिमिरेको भनाइ थियो, ‘देव गुरुङजीका कुरा सुनेपछि म संविधान बन्छ भन्ने विषयमा ढुक्क भएँ । अब माओवादीले जनव्रि्रोह गरी सत्ता कब्जा गर्छ त्यसपछि उसले जनसंविधान बनाउँछ, हामीचाहिँ माओवादीले संविधान बनाएको हेरिरहन्छौँ ।’ उहाँले प्रचण्ड कस्तो बालक हो र कसले उहाँलाई बलजफ्ती सही गर्न लगाएको हो भन्ने प्रश्न पनि उठाउनुभएको थियो । घिमिरेपश्चात् नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेले पनि निकै सटिक र रोचक टिप्पणी गर्नुभएको थियो । बिजुक्छेको भनाइ थियो, ‘तपाईं माओवादीहरू संसदीय प्रणालीलाई कुहिएको-गन्हाएको व्यवस्था पनि भनिरहने अनि यही कुहिएको व्यवस्थामा बसेर तलब-भत्ता खाने र मोजमस्ती गर्ने पनि गरिरहने ? तपाईंहरूले कि यो व्यवस्थाले निर्धारण गरेका पदीय जिम्मेवारीमा बस्न र तलब-भत्ता खान भएन, खाने हो भने व्यवस्थालाई गाली गर्न भएन ।’ बिजुक्छेका कुराले बैठकको वातावरण रौनकपूर्ण बनाएको थियो भने सबैजसोले उहाँका कुरामा समर्थन जनाएका थिए । बैठकमा माले नेता सीपी मैनालीले पनि शान्ति र संविधान निर्माण नहुनुमा मुख्य रूपले माओवादी नै जिम्मेवार रहेको धारणा प्रकट गर्नुभएको थियो ।
त्यसरी शनिबार भएका विभिन्न चरणका बैठकमा संसदीय प्रजातन्त्र र विपक्षीहरूप्रति कठोरतापूर्वक प्रस्तुत भएका देव गुरुङले काङ्ग्रेस र अन्य पार्टीका नेताहरूसँग ‘होइन, तपाईंहरूले यो बाबुरामलाई कहिलेसम्म बोकिरहने हो’ भन्ने प्रश्न गर्दै हटाउन पहल गरिदिन आग्रह गरेका थिए । गुरुङको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘बाबुरामलाई पदमुक्त गर्न हामी आफैंले केही गर्न भएन, कम्तीमा काङ्ग्रेस-एमालेले अविश्वास प्रस्ताव ल्याएर हो या कसरी हो पहल गरिदिनुपर्‍यो भन्ने गुरुङजीको भनाइ थियो ।’ स्मरणीय छ, माओवादीको वैद्य पक्ष जोसुकै प्रधानमन्त्री बने पनि बाबुराम भट्टराईचाहिँ तत्काल पदमुक्त हुनुपर्छ भन्ने पक्षमा रहेको छ । उक्त पक्ष रामबहादुर थापा बादललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्न चाहन्छ ।

अदालतको फैसलापछि भ्रष्टाचारी टाउकैमा
राष्ट्रिय प्रकृति संरक्षण कोषमा विगत तीन वर्षअघि सदस्यसचिवमा नियुक्त भएका जुद्धबहादुर गुरुङका विभिन्न आर्थिक अनियमितता र प्रशासनिक लापरबाहीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति रहेको कोष दिनानुदिन धराशयी हुँदै गएको छ । कोषमा आएदेखि नै प्रशासन प्रमुखसँग मिलेर आर्थिक चलखेलमा लागेका गुरुङले आफ्नो नाममा रहेको काठमाडौं डिल्लीबजारस्थित हाइडल प्रेसमा कोषबाट प्रकाशनहरू छापेर लाखौँ रकम भुक्तानी दिएका छन् ।
कोषका प्रकाशनहरू छाप्दा सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धात्मक रूपमा छाप्नुपर्नेमा गुरुङकै नाममा रहेको हाइडल प्रेस प्रालिमा छापी लाखौँ रकम भुक्तानी दिएको विषयमा छानबिन गर्न कोषका अध्यक्ष वन तथा भूसंरक्षणमन्त्री मुहम्मद वकिल मुसलमानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाणसहित पठाएका छन् । कोषबाट छपाइ भएका विभिन्न वर्षका क्यालेन्डरसमेत अवैध रूपमा गुरुङकै प्रेसमा छपाइ गरी लाखौँ रकम भुक्तानी दिएको देखिएको छ । जलवायु परिवर्तनसम्बन्धी पुस्तक छपाइमा रु. ९८,८६०, जलवायु परिवर्तन, प्रभाव र विकल्प नामक पुस्तक छपाइमा रु. १,४९,१६०, कोषको क्यालेन्डर छपाइ गरी रु. ५,९८,९००, बागमती कार्ययोजना छपाइ गरी ४,००,००० जस्ता अनेकौँ सामग्री छपाएर गुरुङले पदीय हैसियतको दुरुपयोग गरी आफैंलाई आर्थिक लाभ पुर्‍याउन आफ्नो प्रेसलाई रकम भुक्तानी दिएका छन् । जुन सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुनी र नैतिक हिसाबले समेत गर्न सुहाउने मानिँदैन ।
त्यसैगरी कोषको उद्देश्यसँग कुनै पनि हिसाबले मेल नखाने राजनीतिक दलका भ्रातृ सङ्गठन तथा जातीय सङ्गठनहरूलाई पटकपटक लाखौँ रकम वितरण गरेको फाइल पनि यतिबेला छानबिनका लागि अख्तियार पुगेको छ । साथै कोषको सञ्चित रकमबाट गुरुङले आफूनिकटका व्यक्तिहरूलाई लाखौँ रकमको ‘कन्सल्टेन्सी’ दिएर आफूले समेत आर्थिक लाभ लिने गरेको कुरासमेत खुलेको छ । गुरुङ स्वयम्ले कक्षा ११ र १२ का लागि लेखेको वातावरणीय शिक्षामा आधारित ‘गाइडबुक’हरू कोष तथा कोषअन्तर्गतका आयोजनाहरूमा हजारौँको सङ्ख्यामा खरिद गर्न लगाएर आफैंले लाखौँ रकम भुक्तानी लिएका छन् । जुन पुस्तकहरू कोषका लागि आवश्यक ठानिँदैन । कोषमा आफूभन्दा तल्लो तहका कर्मचारीलाई प्रभावमा पारेर खरिद गर्न लगाएका ती पुस्तक कोषका लागि उपयोगी नभएर कोषका विभिन्न कार्यालयका स्टोरहरूमा त्यत्तिकै थन्किएका छन् । यस्तो अवस्था हुँदाहुँदै गुरुङले पुन: पछिल्लोपटक कोषको गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा आफ्नै प्रेसको नामबाट बिल बनाएर रु. १० हजारको पुस्तक खरिद गर्न लगाएको आयोजनाका कर्मचारीहरूले जानकारी दिएका छन् ।
गुरुङले कोषका प्रशासन निर्देशक दीपककुमार सिंह र सदर चिडियाखानाका व्यवस्थापक सरिता ज्ञवालीको मिलेमतोमा चिडियाखानामा ६ महिना अघिमात्र निर्माण गरिएको नयाँ भवन भत्काई पुन: अर्को भवन बनाइएको विषय चिडियाखानाका कर्मचारीहरूबीच गम्भीर चासोको विषय बनेको छ । एकातिर कर्मचारीहरूमा उक्त प्रक्रियाबारे गम्भीर विरोध भइरहेको छ भने अर्कोतिर उक्त निर्माणकार्य गरी लाखौँ रकम भ्रष्टाचार गरेको विषयमा समेत अख्तियारबाट छानबिन भइरहेको छ । त्यसैगरी गुरुङले कोषबाट रु. २ करोड रुपैयाँ निकासा दिलाई चिडियाखानामा अमानतबाट खर्च गराइरहेका छन् । जुन विषय हाल अख्तियारले छानबिन सुरु गरेपछि चिडियाखाना प्रशासन यतिबेला कागजी प्रक्रिया मिलाउन लागिपरेको छ ।
यस्ता सदस्यसचिव गुरुङलाई हटाएर संस्थालाई बचाउन वन तथा भूसंरक्षणमन्त्री मुसलमानले कोषकै वरिष्ठ कर्मचारी कार्यकारी निर्देशक डा. सिर्द्धार्थ बज्राचार्यलाई नियुक्त गरेका थिए । तर, गुरुङ आफ्नो भ्रष्टाचारलाई लुकाउन सर्वोच्च अदालतको शरणमा पुगे मात्र होइन, सर्वोच्च अदालतले समेत गुरुङलाई अन्तरिम आदेश दिएर पुनर्स्थापित गरेका कारण गुरुङले पुन: कोषमा आफूले गरेका कर्तुतको फाइल मिलाउन मौका पाएका छन् । तर, हाल कोषका कर्मचारीहरूले गुरुङलाई हाजिर गराउन रोकेका छन् ।

पार्टी समर्थकका लागि यतिसम्म हुन्छ राष्ट्र बैंकमा
मुलुकको बैंकिङ क्षेत्रको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले एकपछि अर्को लङ्गडो निर्णय गर्न थालेको छ । गभर्नर र डेपुटी गभर्नरको लहडबाजीमा हुने गरेका पछिल्ला निर्णय र निर्देशनले पूरै बैंकिङ क्षेत्र स्तब्ध र आतङ्कित भएको बैंकरहरू बताउँछन् । केन्द्रीय बैंकको पछिल्लो निर्देशन सुन्न माघ १५ गते आइतबार दिउँसो अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका थिए । आफूले जे भने पनि बैंकहरूले मान्नैपर्ने हठ लिएर बसेका गभर्नर युवराज खतिवडाले चोरऔंला उठाउँदै भने, ‘आगामी दिनदेखि सम्पूर्ण बैंकले आफ्ना शाखा कार्यालयको लेखा परीक्षण छुट्टाछुट्टै रूपमा गर्नुहोस् । केन्द्रीय कार्यालयमा मात्र गरेर पुग्दैन ।’
गभर्नरको तानाशाही निर्देशन सुनेर छक्क परेका र्सर्ीइओहरूले प्रश्न गरे, यस्तो वाहियात निर्णय गर्न राष्ट्र बैंक कहाँबाट प्रेरित भयो ? बैंकिङ क्षेत्रमा खर्च कटौती, सुशासन र पारदर्शिता कायम राख्नुपर्ने रटान गर्दै आएको राष्ट्र बैंक नेतृत्वले कुन आधारमा बैंकका शाखाहरूको छुट्टाछुट्टै लेखा परीक्षण गर्न निर्देशन दिएको भनेर बैंकरहरू रनभुल्ल परेका छन् । तर, चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमि भएका बैंकका र्सर्ीइओहरूले गभर्नरको निर्देशनको पृष्ठभूमि पनि थाहा पाइहाले । उनीहरूका अनुसार डेपुटी गभर्नर महाप्रसाद अधिकारीको योजना र ग्राण्डडिजाइनभित्र गभर्नर खतिवडाले उक्त निर्देशन दिएका हुन् । बैंकिङ क्षेत्रको अनुगमन र निरीक्षणबारे सामान्य ज्ञानसमेत नभएका गभर्नरलाई प्रयोग गरी डेपुटी गभर्नर अधिकारीले आफ्ना चार्टर्ड एकाउन्टेन्ट साथीभाइ कार्यरत लेखापरीक्षकहरूको संस्था आईक्यानभित्र राजनीति गर्न बैंकहरूलाई शाखाको अनिवार्य लेखापरीक्षण गराउनुपर्ने व्यवस्था गराएका हुन् । बैंकिङ क्षेत्रलाई पारदर्शी बनाउन उक्त व्यवस्थाले सहयोग पुग्ने बताएपछि गभर्नरले बैंकहरूको शाखागत लेखापरीक्षण गराउनुपर्नेमा जोड दिएको नेपाल राष्ट्र बैंक उच्च स्रोतले बताएको छ । आईक्यानमा एमालेनिकट चार्टर्ड एकाउन्टेन्टहरूलाई काखी च्याप्न चार्टर्ड एकाउन्टेन्ट तथा डेपुटी गभर्नर अधिकारीका ‘कण्ठप्यारा’ साथी टंक पनेरूको योजनाअनुसार राष्ट्र बैंकले उक्त निर्देशन दिएको बुझिएको छ । स्मरण रहोस्, पनेरू युनिटीका समेत लेखा परीक्षक हुन् । युनिटी काण्डमा निजलाई कारबाही हुनबाट जोगाउन डेपुटी गभर्नर अधिकारीले सक्रिय भूमिका निवाृह गरेका थिए । यी तिनै पनेरू हुन् जसले महाप्रसादलाई राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउन एमालेको पूरै संयन्त्र प्रयोग गरेका थिए । आज पनेरू र अधिकारीको आडमा आईक्यानका एमाले समर्थित लेखापरीक्षकलाई मात्र रजगज गराउने उद्देश्यले करोडौँको कारोबार हुनेगरी बैंकहरूको शाखागत लेखापरीक्षण गराउन राष्ट्र बैंक उद्यत् भएको स्पष्ट देखिन्छ ।
एकजना वित्त विश्लेषकका अनुसार वर्तमान अवस्थामा एउटा बैंकको एउटा शाखाको लेखापरीक्षण गराउन कम्तीमा पनि पाँच लाख रुपैयाँ लाग्दछ । अधिकांश बैंकको तीन दर्जनभन्दा बढी शाखा छन् । औसतमा ३१ वटा बैंकको ४० वटा शाखाको दरले पनि एक हजार दुई सयभन्दा बढी शाखाको लेखापरीक्षण गराउँदा झन्डै सात करोड रुपैयाँ खर्च हुन्छ । नियमित रूपमा केन्द्रीय कार्यालयको लेखा परीक्षणको व्यवस्था कायमै छ । यस्तो अवस्थामा बैंकिङ क्षेत्रले अनावश्यक रूपमा १० करोड रुपैयाँ थप खर्च गर्नुपर्ने हुन्छ । जुन मुलुकको बैंकिङ क्षेत्रको वर्तमान अवस्थामा प्रतिकूल निर्णय भएको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताएका छन् ।

मरेपछि अन्यायमा परिन् शान्ता
समाजका सबैको न्यायका लागि बाँचुञ्जेल सङ्घर्ष गरेकी स्व. प्रा.डा. शान्ता थपलियाका छोराबुहारी भने उहाँकै पतिबाट चरम अन्यायमा परेका छन् । प्रा. थपलियाको एक वर्षअघि पाठेघरको क्यान्सरका कारण निधन भएको थियो । गत शुक्रबार उनका छोरा डा. बिरासतअनिल थपलिया र बुहारी अनिता थपलियाले नातेदार, छिमेकी, स्व. थपलियाका समकालीनहरू, महिला आन्दोलनमा सक्रिय तथा अन्य व्यक्तित्वहरूबीच आमाको वारि्षकी सम्पन्न गरेका छन् । पत्नीको वारि्षकीमा उनका पति डा. सुधाकरअनिल थपलिया भने उपस्थित भएनन् । यसरी पत्नीको वारि्षकीमा उपस्थित नहुनुको कारण अरू केही नभएर पत्नीले आर्जन गरेको सम्पत्ति थियो भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ तर एक मात्र कारण शान्ताले दु:खले कमाएको त्यही सम्पत्ति थियो । शान्ताको नामको चियाबगान, काठमाडौंको घर, झापाको जग्गा र गरगहनासमेत पति नामका सुधाकरले जालसाझीपूर्ण ढङ्गले एकलौटी बनाएका छन् ।
प्राप्त जानकारीअनुसार, डा. शान्ता थपलिया र सुधाकरबीच सन्तान नभएपछि शान्ताले धर्मपुत्रका रूपमा तीन वर्षीय बालकलाई अपनाएकी थिइन् । ०३६ सालमा अपनाएको छोरालाई पढाउँदै-बढाउँदै लगेर उनले डाक्टर बनाइन् । छोरालाई पतिजस्तै चिकित्सक बनाउने चाहनाअनुरूप चिकित्साशास्त्र पढ्न बंगलादेश पठाइन् । पति सुधाकर प्राय: जिल्लातिरै रहन्थे, कहिलेकाहीँ घर आउँदा आमा, बाबु र छोरा सँगै बस्थे । नेपाल कानुन क्याम्पसकी प्राध्यापक थपलियाले छोरा विशारतअनिल थपलिया बाबुजस्तै डाक्टर बनेपछि बुहारी आफूजस्तै होस् भन्ने चाहनाले अधिवक्ता अनितासँग छोराको विवाह गरिदिइन् र बुहारीलाई वकालत एवम् सामाजिक कार्यमा सक्रिय बनाइन् । आमाको मायाममतामा हर्ुर्किएका बिरासत आमालाई अत्यन्त श्रद्धा गर्थे । छोराछोरीको बारेमा प्रसङ्गबस कुरा चल्दा आफ्ना सहकर्मीहरूसँग शान्ता भन्थिन् ? म धेरै भाग्यमानी रहेछु, मेरो छोरा त श्रवणकुमारजस्तै छ । हुन पनि आमाको अन्तिम समय आइपुग्दा श्रवणकुमारझैं सेवामा जुटेका थिए उनी । राजधानीको चर्चित नर्भिक अस्पतालमा कार्यरत उनी लामो समय छुट्टी लिएर बसेका थिए, छोरालाई आफूसँग नदेख्नासाथ ‘बाबु खै’ भनेर सोध्थिन् आमा, उनी भन्थे ? आमा म यहीँ छु । आफ्नो सास जाँदा छोरा साथमा नहोला कि भन्ने ठूलो चिन्ता थियो उनलाई ।
गत वर्षको माघ २४ गते आमाको देहान्त भयो, छोराबुहारी काजकिरियामा बसे । १३ दिनको काम सकिएपछि बुहारी अधिवक्ता अनिता थपलियाले ससुरासँग भनिन् ? बुबा मुमाको स्वर्गे भयो, मुमाको नाममा भएको बैंकखाता अब हजुरको नाममा सारौँ, मेरो र मुमाका गहना पनि त्यहीँ लकरमा छ । उनले हुन्छ भने र सारियो पनि । मुमाको मृत्युपछि बुबालाई कुनै प्रकारको ‘फिल’ नहोस् भनेर बुहारीले त्यसो गरेकी थिइन् । उनलाई एक्लोपनको आभाष नहोस् भनेर छोराबुहारीले निकै कोसिस गरे । ८४ वर्ष पुगेका सरकारी अस्पतालमा काम गरेको पृष्ठभूमि भएका बाबुले कुनै दिन बेइमानी गर्लान् भन्ने छोराबुहारीले सोच्ने कुरा पनि आएन । समय बित्दै जाँदा बाबुको व्यवहार बदलिएको महसुस उनीहरूलाई भयो । आमा हुँदा घरमा उतिसारो आउजाउ नभएका सुधाकरका भाइ पर्ने श्रीविलाश थपलियाको आउजाउ बाक्लिँदै गएको थियो, जो थपलिया समाजका अध्यक्षसमेत हुुन् । एकपल्ट झापा जान्छु भनेर हिँडेका बाबु लामो समयसम्म बेखबर भए, शान्तालाई माइतीले दिएको चिया बगानको पैसा उठाउन भनी गएका उनी बेखबर भएपछि छोरा उनलाई लिन झापा पुगे । त्यहाँ पुगेपछि बाबुबारे अनेक कुरा सुन्नुपर्‍यो, बाबुले म झापामै केही समय बस्छु भनेपछि छोराले दमक अस्पतालमा काम खोजे र त्यहीँ बस्ने भए । छोरा त्यहाँ बस्ने भएपछि ८४ वर्षीय बाबु भने काठमाडौं आए । छोरा त्यहाँ बस्दा आमाको नामको जग्गाबारे बुझ्दा शान्ता थपलियाको एक मात्र हकदार पति सुधाकरअनिल थपलिया भन्ने सिफारिस बनाएर आफ्नो नाममा नामसारी गरिसकेका रहेछन् । चिया बगानको जमिनको अवस्था त्यस्तो पाइएपछि बुहारीले बुबा मेरा केही गहना निकाल्नुपर्‍यो भनेर लकरको साँचो माग्दा साँचो हरायो भन्ने जवाफ पाइन् । शङ्का लागेर उनीहरूले आफू बसिरहेको ललितपुर पुल्चोकको घरबारे बुझ्दा घर पनि उनकै नाममा नामसारी गरिसकिएको रहेछ । बुबा यो के गर्नुभएको ? भन्दा पहिला उनी केही बोलेनन्, पछि मैले यो सब वकिललाई सोधेर गरेको, ‘तेरी स्वास्नी वकिल छ उसलाई सोध’ भन्दै तँलाई एक बिगा जग्गा अंश दिउँला भने । छोरा डा.ले ‘बुबा यो कति सम्पत्ति त मेरी आमाले मेरैअगाडि दु:ख गरेर कमाउनुभएको हो, तपाईंले आफूखुसी गर्न पाउनुहुन्न’ भने । आफ्नी आमाको नामको सम्पत्ति काका नाता पर्ने श्रीविलाशकी पत्नी लीला मैनालीका नाममा नामसारी गरिएको देख्दा छोरा छक्क मात्र परेनन्, भक्कानिए पनि । लीला मैनाली कपनको सेलेस्टियल होम नामक स्कुलकी प्रिन्सिपल हुन्, जसको नाममा शान्ता थपलियाका माइतीले दिएको झापास्थित ६ बिगा १५ कठ्ठा १० धुर जग्गा नामसारी गरिएको छ । पछि बुझ्दा थाहा भयो ? छोराछोरी, आफन्त कोही नभएको अवस्थामा सम्पत्ति खाने नजिकका हकवाला तिनै श्रीविलाश रहेछन्, तर धर्मपुत्र या पुत्री भएको अवस्थामा त्यो हक उनलाई हुने छैन ।
अहिले छोरा डा. बिरासतले बाबुमाथि अंश र आफू हकवाला हुँदाहुँदै अरूको नाममा आमाको सम्पत्ति नामसारी गर्न नमिल्ने भनी मुद्दा दायर गरेका छन् । मुद्दा दिएपछि उनलाई धर्मपुत्रको हैसियत मेटाइदिन्छु भन्दै धेरैतिरबाट धम्कीका फोनहरू आए र अन्तत: बाबु थपलियाले छोराको धर्मपुत्र हैसियत बदर गर्न ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरे । यी सबै झमेलामा रहँदा बिरासत र अनिताकी जेठी आमा ? सुधाकरकी जेठी श्रीमती) सँग भेटघाट भयो । यसअघि कलेज पढ्दाताका नै कसैले त्रि्री त जेठी आमा पनि छन् नि भनेर बताएपछि उनले जेठी आमा भीमकुमारी थपलियासँग भेट गरी सो कुरा आफ्नी आमा शान्तालाई बताएका थिए । त्यतिबेला शान्ताले ठीकै छ, तैंले भेटिस् राम्रै भयो, मेरो भेट भएको छैन भनेकी थिइन् । सुधाकरकी जेठी श्रीमती छन् भन्ने कुरा विवाह हुँदा आफूलाई थाहा नभएको र थाहा भएपछि अंश दिलाएको कुरा छोरालाई बताएकी थिइन् । उनले त्यतिबेला छोरालाई भनेकी थिइन् ? बाबु यस्तै भयो, म त अब उहाँलाई भेट्दिनँ होला, तिमीले भेट्यौ भने राम्रो गर्नू, यो सम्बन्धमा उहाँ र म दुवैको दोष छैन । वि.सं. २००१ सालमा सुधाकरको भीमकुमारीसँग विवाह भएको थियो भने शान्तासँग भारतमा अध्ययनरत छँदा भेटघाट भएर २०२१ सालमा दाजु सीके प्रर्साईंको रोहवरमा विवाह भएको थियो । यो विषयमा शान्ताले छोरासँग भनेकी थिइन्, ‘तिम्रो बुबासँग मैले जे हुनु भइहाल्यो उहाँलाई पनि सँगै राखुँ भनेकी थिएँ, तर उहाँ मान्नुभएन ।’
नेपालको महिला आन्दोलनकी अग्रणी नेतृ डा. शान्ता थपलियाले आफू बाँचुञ्जेल सौतामाथि गएको आरोप खपिन्, अहिले आफ्नै पतिले छोरामाथि यसप्रकारको व्यवहार गरेको देख्दा शान्तालाई नजिकबाट चिन्नेहरू आश्चर्यचकित बनेका छन् । अहिले जसरी सम्पत्तिको नामसारी भएको छ त्यो हर्ेदा उनी बिरामी भएदेखि नै यो विषयमा उनका नातेदारहरू सक्रिय भएको देखिन्छ । श्रीविलाशसँगै शान्ताका आफ्नै माइला भाइ सुरेन्द्र प्रर्साईं र बुहारी बिना प्रर्साईं यसमा संलग्न भएको थपलिया परिवारकै एक सदस्यले घटना र विचारलाई बताए । बुहारी बिनाका माइती थपलिया हुन् । गत शुक्रबार डा. शान्ताको वारि्षकीमा यी भाइबुहारी, पति र श्रीविलाशको परिवारबाहेक सागर थपलिया, रोहिणी थपलियालगायतका परिवारका सदस्यहरू एवम् उनका माइती पक्ष र सहकर्मीहरू भने उपस्थित भए । सुधारकरकी जेठी पत्नी भीमकुमारी पनि वारि्षकीमा संलग्न भइन्, बाँचुञ्जेल भेट नभए पनि अब भगवान् भइसकेकी उनीसँग आफ्नो कुनै गुनासो नरहेको उनले बताएकी थिइन् ।

प्रचण्डको सुरक्षामा अझै लडाकु !
प्रचण्डको व्यवहारमा भनाइ र गराइको अन्तर कतिसम्म छ भन्ने कुराको अर्को उदारहण फेलापरेको छ । आफ्नो सुरक्षाका लागि माओवादी लडाकुलाई प्रयोग नगर्ने भनी उनले सार्वजनिक रूपमा गरेको घोषणालाई घोषणामै मात्र सीमित रहेको पुष्टि भएपछि प्रचण्डको दोहोरो चरित्र थप उजागर हुन पुगेको हो । प्रचण्डको सुरक्षाका लागि भन्दै राज्यले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० भन्दा बढी सुरक्षाकर्मीको परिचालन गरेको छ । उनको सुरक्षामा खटिएका लडाकुहरू बिदाइ भएपछि बाबुराम नेतृत्वको सरकारले सुरक्षाकर्मीको सङ्ख्या बढाउनुका साथै प्रचण्डकै सुरक्षालाई ध्यानमा राखी सादा पोसाकका सुरक्षाकर्मीको समेत परिचालन गरेको छ । तर, प्रचण्डले सरकारी सुरक्षाकर्मीप्रति सन्देह गर्दै गत जेठमा नै फिर्ता गरेको भनिएका लडाकुहरू अझै आफ्नो सुरक्षामा परिचालन गरेका छन् । प्रचण्डनिकट स्रोतका अनुसार उनलाई सातौँ डिभिजनका लडाकु कमान्डर सन्तु दराईले सुरक्षा दिँदै आएका छन् । लाजिम्पाटमै फ्ल्याट भाडामा लिएर बस्दै आएका कमान्डर दराईले प्रचण्डको सुरक्षाका लागि १० जनाभन्दा बढी लडाकु परिचालन गरेका छन् । ती लडाकुले भाडाका गाडी प्रयोग गरी प्रचण्डका अघिपछि सुरक्षा दिने गरेका छन् ।
पार्टीका नेताहरूको सुरक्षाबारे चनाखो हुनु एउटा जिम्मेवार कार्यकर्ताको कर्तव्य हो, त्यसैले हामी हाम्रो कमाँन्डरको सुरक्षामा रहेका हौँ,’ उनको सुरक्षामा खटिएका एक लडाकुले भने । ती कमान्डरका अनुसार प्रचण्डको सुरक्षाका लागि शक्तिखोर र चुलाचुलीका लडाकुहरू पालैपालो खटिने गरेका छन् । कमान्डर दराईले पनि प्रचण्डको सुरक्षाबारे सामान्य जानकारी भने आफूहरूले पनि राख्ने गरेको बताए । उनले भने, ‘हामी अध्यक्षको सुरक्षामा खटिएका भने छैनौँ तर, बाहिरबाट सामान्य चासो भने राख्छौँ ।’
अध्यक्ष प्रचण्डले गत जेठ १८ गते निजी निवास नयाँबजारमा पदाधिकारीको बैठक राखी पार्टीका नेताहरूको दोहोरो सुरक्षा अन्त्य गर्ने निर्णय गराएका थिए । उक्त निर्णय गरेको केही दिनमै प्रचण्डले आफ्नो सुरक्षामा खटिएका ४० भन्दा बढी लडाकु सुरक्षाकर्मीले सोहीबराबरको हतियार क्याम्पमै फिर्ता पठाएको घोषणा गरेका थिए । उनले बिदाइ गरेका लडाकुहरूसँग सामूहिक फोटो खिची लडाकुले आफ्नो सुरक्षामा पुर्‍याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताएका थिए । पदाधिकारी बैठकको उक्त निर्णयप्रति चर्को आलोचना र विरोधमा उत्रनुभएका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले पनि पार्टीको निर्णय भन्दै गत भदौ १० बाट लागू हुने गरी आफ्नो सुरक्षामा खटिएको लडाकुलाई शिविरमा पठाएका थिए । आफ्नो सुरक्षामा खटिएका लडाकु शिविरमा फिर्ता पठाएपछि वैद्यले भने आफ्नो सुरक्षाका लागि लडाकुको प्रयोग गरेका छैनन् ।

पत्नीमृत्युको खबर सुनेपछि गिरीले भने ? ठीकै छ
हिन्दू पत्नीको मृत्यु हुँदा क्रिश्चियन बनेका पतिले मुख देखाउनु त के आफ्ना छोराछोरीलाई सहानुभूतिका दुई शब्दसमेत व्यक्त गर्न आवश्यक ठानेनन् । त्यस्ता पति कुनै चानचुने मानिस नभएर ठूलै हुन्, तुल्सी गिरीका रूपमा चिनिन्छन् । पूर्वप्रधानमन्त्री एवम् विवादास्पद राजनीतिज्ञ तुलसी गिरी जो दुई हप्ताअघि आफ्नी पत्नीको निधन हुँदा कतै देखा परेनन् । इर्साई पत्नीसँग भारतको बेंग्लोरमा बसिरहेका तुलसी गिरीले आफ्नी चार सन्तानकी आमा जेठी पत्नीको मृत्युको खबर भने तत्कालै पाएका थिए । उनकी पत्नी मिनी गिरीको ७९ वर्षको उमेरमा यही माघ २ गते जनकपुरमा निधन भएको थियो । कान्छा छोरा अनुराग गिरीसँग बस्दै आएकी मिनीको मृत्युबारे नातिले हजुरबुबा डा. गिरीलाई टेलिफोनबाट खबर गरेका थिए । आफ्नी जेठी पत्नीको मृत्युको खबर पाएपछि उनले फोनमा ‘ए…के भएको थियो ? त्यतिबेला घरमा को थियो ? जस्ता प्रश्न गरेर ल ठीकै छ त’ भनेका थिए ।
उच्च रक्तचापका कारण ब्रेन हेमरेज भएपछि होस नआउँदै उनको निधन भएको थियो । राजनीतिज्ञ बाबुले आमालाई छोडेर अर्कै केटीसँग बस्न थालेपछि छोरा अनुरागले आमालाई अत्यन्त सम्मान र सुखका साथ राखेका थिए । स्व. मिनी र डा. तुलसी गिरीका दुई छोरा र दुई छोरी गरी चार सन्तान छन् । क्यानडामा बस्दै आएका जेठा छोरा अशेष हाल सुडानमा कार्यरत छन्, जो आमाको निधनको खबर सुन्नासाथ नेपाल आए र जनकपुरमा आफ्नो हिन्दू परम्पराअनुरूप भाइसँगै काजकिरियामा बसे । उनीहरूका मधु र माला दुई छोरी छन् ।

क्यान्टोनमेन्टका कमान्डर सबै राजधानीमा
माओवादी लडाकुको जीवनस्तर कष्टप्रद भए पनि तिनका कमान्डरहरू भने राजधानीमा सुविधापूर्ण जीवन बिताइरहेको जानकारी प्राप्त भएको छ । सात मुख्य र २१ सहायक गरी विभिन्न शिविरमा रहेका लडाकुले दैनिक जीवनका उपभोग्य सामग्रीको राम्ररी उपभोग गर्न पाएका छैनन् । तर, शिविरमा रहेका लडाकुका कमान्डर भने राजधानीका सुविधासम्पन्न घरहरूमा विलासितापूर्ण जीवन बिताइरहेका छन् । सूत्रका अनुसार लडाकु कमान्डरहरू महिनामा पाँच दिन मात्र शिविरमा बस्छन् र बाँकी समय राजधानीकै महँगो शौखिन बसाइमै समय बिताउँछन् ।
लडाकु कमान्डर प्रमुख तथा पोलिटब्युरो सदस्य नन्दकिशोर पुन पासाङ कपनमा सुविधासम्पन्न एक सिङ्गै घर भाडामा लिएर बस्दै आउनुभएको छ । पासाङले उक्त घरलाई लडाकुहरूको हेडक्वाटर बनाउनुभएको छ । उक्त घरमा बसेर पासाङले लडाकुहरूको दैनिक विवरण तयार गर्ने, गलत कार्यमा लागेका लडाकुलाई संरक्षण गर्नेलगायतका काम गर्दै आउने गरेको स्रोतको दाबी छ । पासाङले उक्त घरमा पार्टीकै अन्य सदस्यलाई समेत प्रवेशमा रोक लगाउने गरेका माओवादीका नेताहरूको आरोप छ । प्रचण्ड वा आफ्नो विचारबाहेकका कुनै नेता तथा कार्यकर्ता उक्त भवनमा पुगे रिसेप्सनभन्दा अन्यत्र जान पाउँदैन् । माओवादीका एक केन्द्रीय नेताले भने, ‘लडाकुहरूको हेडक्वाटर भनिएको पासाङ बस्ने घरमा जान ठुलै ठाउँबाट सिफारिस लिएर जानुपर्छ । सुरुमा अर्का पोलिटब्युरो सदस्य एवम् लडाकु प्रवक्ता चन्द्रप्रकाश खनाल ? बलदेव) पनि कपनमै पासाङसँग बस्दै आउने गर्नुहुन्थ्यो । तर, केही महिनाअघिबाट कलंकीस्थित एक घरको फ्ल्याट भाडामा लिई सपरिवार बस्दै आउनुभएको छ ।
पासाङ र बलदेव मात्र होइन, विभिन्न ६ डिभिजनका कमान्डरहरू पनि राजधानीमा विलासी जीवन बिताउँदै आएका छन् । पाँचौँ डिभिजनका कमान्डर प्रमुख कालिबहादुर खाम ? विविध)ले भने राजधानीमा कोठा वा घर भाडामा लिएका छैनन् । रामहरि श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्त खाम हत्या, ठगीलगायतमा मुद्दामा प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । प्रथम डिभिजनका लडाकु कमान्डर प्रमुख यमबहादुर अघिकारी ? प्रतीक्षा) कलंकीनजिक खसीबजारमा फ्ल्याट लिएर बस्दै आएका छन् । धादिङ स्थायी घर भएका अधिकारीले १४ हजारभन्दा बढी भाडा तिर्ने गरेको एक सहयोगीले जानकारी दिए । फ्ल्याट भाडामा लिएर बसे पनि अधिकारीको जीवनशैली उच्चकोटिको छ । तर, अधिकारी आफ्नो राजधानीमा स्थायी बसोबास नभएको र कहिलेकाहीँ पार्टीकै काममा राजधानीमा आउँदा हेडक्वाटर तथा आफन्तको घरमा बस्ने गरेको बताउनुहुन्छ । अधिकारीले भन्नुभयो, ‘हामी क्याम्पमै बस्दै खाएका छौँ र काम पर्दा मात्र राजधानीमा आउने हो ।’ तेस्रो डिभिजनका कमान्डर प्रमुख धनबहादुर मास्के ? राजेश) पनि राजधानीमा महँगो भाडा तिरेर बस्ने गरेका छन् । उनको पनि जीवनशैली अत्यन्तै महँगो रहेको माओवादी नेताहरू बताउँछन् । त्यस्तै, चौथो डिभिजनका कमान्डर प्रमुख तेजबहादुर ओली ? प्रतीक)को राजधानीमा सुविधासम्पन्न फ्ल्याट छ । उनको शैली पनि चर्चा गर्न लायकको छ । सातौँ डिभिजनका प्रमुख सन्तु दराई ? प्रवन) लाजिम्पाटमा बस्दै आउनुभएको छ । दराईले घटना र विचारसँग भन्नुभयो, ‘हामी सामूहिक रूपमा लाजिम्पाटमा बस्दै आएका छौँ र मासिक ६ हजार भाडा तिर्ने गरेका छौँ ।’ तर, दराईको कोठा उनले भनेजस्तो सामान्य भने छैन । उनले पनि राजधानीमा महँगो जीवन बिताइरहेका छन् । दोस्रो डिभिजनका कमान्डर प्रमुख सुकबहादुर रोका ? शरद) सातदोबाटो, छैटौँ डिभिजन कमान्डर प्रमुख महेन्द्र शाही ? प्रज्ज्वल) इमाडोलमा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । उनीहरूको बसाइ पनि अत्यन्तै महँगो रहेको छ । स्रोतका अनुसार कमान्डरहरूले राजधानीमा बसेर पार्टीबाट शिविर मर्मतका नाममा आएको रकम, लडाकुबाट उठाएको रकम, गैरलडाकुका नाममा राज्यबाट प्राप्त रकम, सहयोग स्वरूप विभिन्न व्यक्तिहरूबाट प्राप्त रकम, कब्जा तथा ठेक्कापट्टाबाट आएको रकममध्ये आधा पार्टी अध्यक्ष प्रचण्डलाई बुझाउने र बाँकी रकम कमान्डरहरूबीच बाँडीचुँडी मोजमस्तीमा खर्च गर्ने गरेको विभिन्न शिविरका सहायक लडाकु कमान्डरहरू बताउँछन् ।

‘सबै प्रकारका मुटुरोग उपचारमा गंगालाल हृदय केन्द्र सक्षम’
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले आफ्नो १६औँ वारि्षकोत्सव मनाएको छ । गत आइतबारदेखि स्थापनाको सत्रौँ वर्ष प्रवेश गरेको केन्द्रले बितेको वर्ष दिनमा मात्रै एक लाख पाँच हजार २५ बिरामीको बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गरेको, तीन हजार दुई सय पाँचजनाको क्याथ प्रोसिड्योर गरिएको, एक हजार नौ सय ७७ जनालाई कोरोनरी एन्जियोग्राम र पाँच सयवटा कोरोनरी एन्जियोप्लास्टी गरिएको जानकारी दिएको छ । त्यसैगरी गत वर्षमा एक हजार चार सय ६७ जनाको विभिन्न खालका मुटु शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
वारि्षकोत्सव समारोहमा वारि्षक प्रतिवेदन प्रस्तुत गर्दै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. मनबहादुर केसीले गम्भीर प्रकृतिका मुटुरोगको उपचारमा नेपाल सरकारले अत्यन्त महत्त्व दिएको उल्लेख गर्दै केही वर्षयता १५ वर्षमुनिका बालबच्चा तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले नि:शुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो । सबै प्रकारका मुटुरोगको उपचार गर्न केन्द्र सक्षम रहेको दाबी गर्दै निर्देशक डा. केसीले उपचारका साथै सामाजिक सचेतना जगाउने कार्यमा पनि अस्पताल सक्रिय रहँदै आएको बताउनुभयो ।
यसैगरी केन्द्रका आर्थिक प्रशासन प्रमुख विमलकुमार उप्रेतीले आव ०६७/६८ को वारि्षक कार्यक्रमको प्रगति तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
सत्रौँ वर्ष प्रवेशको अवसरमा स्वास्थ्यमन्त्री राजेन्द्र महतो, राज्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्यसचिव डा. प्रवीण मिश्रले पनि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सफलताको कामना गरेका थिए ।-नवीन उप्रेती

‘शिक्षालाई कक्षाकोठामा सीमित नराखौं’
परासी । पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले शिक्षाको जग प्राथमिकस्तर भएकोले प्रारम्भिक जगलाई बलियो बनाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले राज्यको ठूलो धनराशि शिक्षाक्षेत्रमा लगानी भइरहेको अवस्थामा राज्यको लगानीलाई राम्रो प्रतिफल ल्याउन शिक्षक र समुदायको ठूलो भूमिका रहने जिकिर गर्नुभयो । नवलपरासीको बेलाटारी स्रोतकेन्द्रको आयोजनामा १४औँ स्रोतकेन्द्रस्तरीय अन्तरप्राथमिक खेलकुद प्रतियोगितालाई सोमबार सोमनी गाविसको जनता प्रावि घोडहामा सम्बोधन गर्दै पूर्वराष्ट्रिय खेलाडीसमेत रहनुभएको कँडेलले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा जिल्ला शिक्षा अधिकारी गोपालकृष्ण पौडेलले गुणस्तरीय शिक्षाका लागि आरोग्यता रहन जरुरी भएकाले खेलकुदको माध्यमबाट नै शरीर निरोगी रहने हुँदा प्राथमिकस्तरमा प्रतियोगितात्मक खेलले महत्त्व राखेको चर्चा गर्दै शिक्षाको परिवर्तनलाई कक्षाकोठाभित्र मात्र सीमित राख्न नहुने बताउनुभयो ।
जनता प्रावि घोडाहा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमनारायण चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य अशोकुमार चौधरी, बेलाटारी स्रोतकेन्द्रका संयोजक ब्रजेशकुमार गुप्ता, स्रोतव्यक्ति इन्दिरा बडाल, अभिभावक शेरबहादुर चौधरी प्रधानाध्यापक रामनाथ चौधरीलगायतले शिक्षाक्षेत्रमा खेलकुदको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बेलाटारी स्रोतकेन्द्रका अवकाशप्राप्त १० शिक्षकलाई कदरपत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । स्रोतकेन्द्रस्तरीय खेलकुद प्रतियोगितामा ३५ प्राथमिक विद्यालय ३५० खेलाडी छात्रछात्राको उपस्थिति रहेको छ भने खेलहरूमा एथलेटिक्स, दौडलगायत १५ खेल खेलाइने आयोजकले बताएका छन् । प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुने बताइएको छ । ? आरपी उपाध्याय

सूचना लुकाउने निर्णयविरुद्ध देशव्यापी आन्दोलन
सरकारले १४० प्रकारका सूचना लुकाउने गरी सरकारी निकायलाई गरेको निर्देशन फिर्ताका लागि दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले देशव्यापी आन्दोलन गर्ने भएको छ । रेडियो मकवानपुरको दोस्रो वारि्षकोत्सवको अवसरमा सोमबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष ऋषि धमलाले आन्दोलनको घोषणा गरेका हुन् । उनले क्लबका जिल्ला शाखाको संयोजनमा अन्य सञ्चारकर्मीहरूसँग समन्वय गरेर आन्दोलन गर्ने घोषणा गरे । लोकतान्त्रिक भन्ने सरकारले लोकतान्त्रिक मूल्य-मान्यतालाई लत्याएर प्रेसमाथि आक्रमणको दुष्प्रयास गरेको आरोप धमलाले लगाए । जनआन्दोलनका सहिद वाशुदेव घिमिरेको नामबाट रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले स्थापना गरेको पुरस्कारका लागि १५ हजार रुपैयाँसमेत धमलाले प्रदान गरे ।
कार्यक्रममा उद्योगमन्त्री अनिलकुमार झाले पनि लोकतान्त्रिक सरकारले सूचना लुकाउनेभन्दा पनि जनतालाई सूचनासम्पन्न बनाउनुपर्ने धारणा राख्दै शान्ति र संविधान निर्माणको काम अवरुद्ध हुनेगरी सूचना लुकाउने निर्णय गरेकोमा असन्तुष्टि प्रकट गरे । मन्त्री झाले चेलीबेटी बेचविखनविरुद्धको अभियानमा सक्रिय माया लामा र साहित्यकार आरपी रिजाललाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

जयसवाल अख्तियारको फन्दामा
जिल्ला विकास समिति बाराका निलम्बित इन्जिनियर मेघु जयसवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरूको म्याद समाप्त भएपछि त्यहाँ हुने क्रियाकलापमा सधैं चर्चामा आइरहने जयसवाललाई करिब तीन करोड रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियारले पक्राउ गरेको अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौडेलले जानकारी दिएका छन् ।
जिल्ला विकास समिति बारामा जुनसुकै स्थानीय विकास अधिकारी आए पनि आफ्नै हालीमुहाली र बर्चस्व जमाउन सफल जयसवाललाई गत पुसमा आएका स्थानीय विकास अधिकारी विष्णुप्रसाद लामिछानेले अनियमितताको आरोपमा जागिरबाट निलम्बन गरेका थिए । पैसा र रकमको भरमा स्थानीय प्रशासन र राजनीतिक दलहरूलाई माखो बराबर नगन्ने जयसवाललाई जिल्ला विकास समितिले जागिरबाट निलम्बन गरे पनि जबर्जस्ती कार्यालय आउने गरेको जिविस स्रोत बताउँछ । केही पार्टीका सभासद् र केही नेतालाई पैसाको भरमा नचाउने खुवी भएका इन्जिनियर जयसवाललाई अख्तियारले कस्तो कारबाही गर्ने हो, जिल्लावासीमा कुतूहल छाएको छ ।-वसन्त खतिवडा

भूकम्प सुरक्षा दिवसमा कला-साहित्य प्रदर्शन
चौधौँ भूकम्प सुरक्षा दिवसको सन्दर्भमा माघ १३ देखि ‘कम्पन्ा र स्पन्दन : एक सिर्जनशील यात्रा’अन्तर्गत कला प्रदर्शनी सुरु भएको छ । राष्ट्रकवि माघवप्रसाद घिमिरेले उद्घाटन गर्नुभएको कला प्रदर्शनीमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका अध्यक्ष शिवबहादुर प्रधानाङ्ग र सोही संस्थाका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले भूकम्पीय जोखिम न्यूनीकरणका लागि समाजका सबैले पूर्वतयारी गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य विजय थापा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव केके कर्माचार्य, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू कर्णप्रसाद मास्के, शान्तकुमार राई र रविन कोइराला, सिर्जना कलेज अफ फाइन आर्टस्का क्याम्पसप्रमुख कृष्ण मानन्धर र कलाकारहरू सम्झना राजभण्डारी र चन्दनध्वज रानामगरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि तयार गरेका चित्रहरू प्रदर्शनीका लागि राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नाफाको सीताहलमा प्रदर्शनी गरिएको कलासँगै साहित्यकार, सञ्चारकर्मी र विपद् जोखिम व्यवस्थापन क्षेत्रका विज्ञहरूले रचना गर्नुभएको कविता र साहित्य पनि प्रदर्शनी गरिएको छ ।
साहित्यतर्फ वरिष्ठ कवि तुलसी दिवस, डा. ध्रुवचन्द्र गौतम, डा. बेञ्जु शर्मा, कवि मञ्जुल कवि विमल निभा कवि किसोर पहाडी कवि सुस्मिता नेपाल र कवि नारायण श्रेष्ठले रचना गर्नुभएको साहित्य रहेका छन् । त्यसैगरी सञ्चारकर्मीहरू श्रीरामसिं बस्नेत, शरदचन्द्र वस्ती, कृष्णमुरारी भण्डारी र विश्वमणि पोखरेलका सिर्जना प्रदर्शनीका लागि राखिएको छ । त्यसैगरी प्रदर्शनी कक्षमा विपद् जोखिम व्यस्थापन क्षेत्रका व्यक्तिहरू आमोदमणि दीक्षित, रामेश्वर दङ्गाल, विजयकृष्ण उपाध्याय र खड्गसेन ओलीले तयार गर्नुभएको कृतिहरू पनि रहेका छन् । कवि तथा कलाकारहरूले तयार गरेका साहित्यिक सिर्जनालाई पुस्तकको रूपमा सार्वजनिक गरिएको छ । प्रदर्शनी माघ २० गतेसम्म सञ्चालन हुनेछ ।
कम्पन्न र स्पन्दन एक सिर्जनशील यात्रा १३औँ भूकम्प सुरक्षा दिवसदेखि सुरु भएको हो । वि.सं. १९९० साल माघ २ गतेको महाभूकम्पको सम्झनामा यस वर्ष ‘नबोली नसोधी आउँछ भूकम्पीय विपद्, जागौँ जुटौँ बचाउन सृष्टिको सम्पदा’ नाराका साथ चौधौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमका गरी अन्य कार्यक्रम सम्पन्न्ा भएको छ ।

नेपालगञ्जमा बाघको डमरु गरि्जंदा…
नेपालगञ्ज/ अङ्गे्रज शासकले बडाकाजी अमरसिंह थापालाई सबैभन्दा ठूलो पद प्रतिष्ठा र आर्थिक प्रलोभन दिँदा राष्ट्रवादसँग पद-प्रतिष्ठा साट्न नसकिने तर्कका साथ ‘म बाघको डमरु हुँ ? मलाई सिनो खाने कुरा नसम्झ’ भनेर दिएको ओजस्वी अभिव्यक्तिलाई नेपाल प्रहरीका प्रहरी उपरीक्षक विक्रमसिंह थापा गुरु मात्र मान्छन् । काठमाडौंको २ नम्बर गणबाट नेपालगञ्ज आएका उपरीक्षक थापाको कार्यालय भित्तामा सुरुका दिनमा उक्त वाणी देख्दा कुतूहलमा पर्ने नेपालगञ्जवासीलाई छोटो अवधिमै थापाले वाणीअनुसारको काम गरेर सन्तुष्ट पारिदिएका छन् । उपरीक्षक थापाले नेपालगञ्ज आएर कार्यभार सम्हालेपछि आफ्नो कार्यालयका कर्मचारीलाई निर्देशन दिने क्रममा जबसम्म अन्तरआत्माको विकास गर्न सकिँदैन तबसम्म समाजको विकास गर्छर्ुुन्ने सोच राख्नु गलत भएको भन्दै जनताको पेट काटेर उनीहरूले तिरेको राजस्वबाट रासन र आसन पाएका हामीहरूले जनताको सेवा गर्नुपर्छ भनेर प्रस्ट निर्देशन दिएका थिए । जनताको नजरमा नेपाल प्रहरी आफ्नै परिवारको सदस्य हो भन्ने छाप पार्नका लागि लोभलाभ त्याग्नुपर्ने थापाको प्रस्ट निर्देशन थियो । आफ्ना कर्मचारीलाई यस्तो निर्देशन दिएपछि पत्रकार, नागरिक समाज, उद्योगी, कर्मचारी, सर्वसाधारण सबैलाई आश्वस्त पार्दै उपरीक्षक थापाले ‘तपाईहरूले आ-आफ्नो काम र व्यवसाय गर्नुहोस् सुरक्षा प्रहरीले दिनेछ’ भनेर आश्वासन दिँदा तत्काल सबैले उनको आश्वासनलाई मजाकका रूपमा लिएका थिए । तर, आज त्यो उनको कथन यथार्थमा परिणत भएको देख्दा नेपालगञ्जवासीले ‘यस्ता पो प्रहरी’ भनी प्रशंसा गर्न थालेका छन् ।
भूमिगत सशस्त्र समूहदेखि गुण्डागर्दीको आतङ्कबाट आजित भएका नेपालगञ्जवासीका अगाडि उपरीक्षक थापाले ‘म जागिर खाने दिनमै सुरुवा र बढुवा दुवै हुन्छ भन्ने बुझेको व्यक्ति हुँ, त्यसैले मलाई सरुवाको कुनै डर छैन, जस्तोसुकै अपराधीलाई पनि छोड्ने हुँकार गर्दा धेरैले उनको बोलीलाई एक कानले सुनेर अर्को कानले उडाएका थिए । उपरीक्षक थापाले त्यतिबेला कि रहन्न भगतसिंह कि रहन्न विक्रमसिंह भनेका थिए । त्यो उनको हुँकारअनुरूपको कामबाट भूमिगत सशस्त्र समूहका नाइके भगतसिंह सरकारसँग वार्ता गर्न तयार भइसकेका छन् । थापाले गर्वका साथ दाबी गरेअनुसार नेपालगञ्ज क्षेत्रमा गुण्डागर्दी यतिबेला निर्मूलजस्तै भएको छ । कुनै समय दिउँसो हिँड्दा पनि चारतिर हिँड्नुपर्ने नेपालगञ्जमा यतिखेर मध्यरातमा बच्चा बिरामी भयो भने पनि एक्ली महिलाले समेत अस्पताल लैजान सक्ने किसिमको शान्ति स्थापना भएको छ ।
एसपी थापा नेपालगञ्ज आएपछि हन्ट अप्रेसन भन्ने नाम दिएको कामको सुरुवात गरेका थापाले अरू प्रमुखलेझैं आदेश दिँदै वाकीटकी सेट समाएर मस्त रहने गरेका छैनन् । उनी स्यवम् गाउँगाउँमा गएर जनतालाई सचेत पार्ने कामदेखि कानुनको बरि्खलाप गर्नेको सातो काढ्ने गरेका छन् । यतिखेर थापाले सहर, गाउँ दुवै ठाउँमा एकैसाथ आपराधिक गतिविधिमाथि आक्रमण गर्न थालेका छन् । थापाको क्रियाकलापबारे प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य दामोदर आचार्यले प्रहरीले चाहने हो भने के हुँदो रहनेछ भन्ने यति छोटो अवधिमै नेपालगञ्जमा छाएको शान्तिलाई हर्ेदा प्रस्ट भएको खरेलसमेत उपरीक्षक थापाको काम कारबाही सन्तोषजनक भएको बताउँछन् । मानव अधिकारको हेक्का गर्दै आपराधिक क्रियाकलापमा लागेकाहरूलाई कानुनी दायरामा ल्याउने थापाको कदम प्रशंसनीय भएको खरेलको भनाइ रहेको छ । गाउँगाउँमा अप्रेसनमा जाने क्रममा उपरीक्षक थापाको बायाँ खुट्टाको हड्डी भाँचिएको छ । अपराधको जरोलाई तलैबाट भाँच्न कसिएका थापाले हड्डी भाँचिए पनि मेरो मन, वचन र दिमाग भाँचिएको छैन, संयन्त्रले काम गर्ने बताएका छन् । उपरीक्षक थापाले घटना र विचारसँग कुरा गर्दै बाँके जिल्लालाई अपराधबाट मुक्त गराई भयरहित बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए । मलाई कुनै स्वार्थ छैन म चौबीसै घन्टा चिन्तित छु त्यो के हो भने यहाँका जनतालाई कसरी शान्तिको स्वास फर्ेन दिऊँ भन्ने । एउटा अचम्मलाग्दो संयोगचाहिँ के परेको छ भने उनी ललितपुर रहँदा एक जुवा अखडामा छापा मार्दा लडेर दाहिने हात भाँच्चिएको थियो भने नेपालगञ्जमा अप्रेसनमै क्रममा खुट्टाको हड्डी टुटेर प्लास्टर गर्नुपरेको छ । जे होस्, एउटा प्रहरी अधिकृत इमानदार रहँदा यति हुँदारहेछ भने सबै विक्रमजस्ता भए त रामराज्य हुँदोरहेछ भन्ने प्रतिक्रिया नेपालगञ्ज सामाजिक सद्भाव समितिका अध्यक्ष सतिसचन्द्र अग्रवालले दिएका छन् । नेपालगञ्जमा यतिखेर आपराधिक सोच राख्नेलाई बाघको डमरूले त लगायो भन्ने चर्चा चल्न थालेको छ ।

गणतन्त्र दिवसका अवसरमा एम्बुलेन्स उपहार
छिमेकी मित्रराष्ट्र भारतको ६३औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारद्वारा २० जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था एवम् शैक्षिक संस्थाहरूलाई २० एम्बुलेन्स र चारवटा बस उपहारस्वरूप प्रदान गरिएको छ ।
२६ जनवरी अर्थात् भारतको गणतन्त्र दिवसको अवसरमा लैनचौरस्थित राजदूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भारतीय राष्ट्रिय झण्डा फहराउँदै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभयो । सन्देशमा अन्य कुराका अतिरिक्त लोकतान्त्रिक सिद्धान्तहरूप्रतिको भारतको प्रतिबद्धता, गरिबी निवारण, आर्थिक स्थायित्व तथा खाद्य सुरक्षाजस्ता कुरालाई जोड दिइएको थियो । राजदूत जयन्तले उपहार प्राप्त गर्ने नेपालका १६ जिल्लाका संस्थालाई १६ वटा एम्बुलेन्स र चार बस उपहारस्वरूप प्रदान गर्नुभयो । बाँकी चार एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत आशुतोष अग्रवालले वीरगञ्ज महावाणिज्य दूतावासको क्षेत्राधिकारअन्तर्गत पर्ने संस्थाहरूलाई उपहार प्रदान गर्नुभएको थियो । स्थानीय विकास मन्त्रालयको अनुरोधअनुसार सो समारोहमा राजदूतले नेपालका विभिन्न नगरपालिकाको प्रयोगका लागि उक्त मन्त्रालयलाई दुई सयवटा पाङ्ग्रे-ठेला उपहारस्वरूप प्रदान गर्नुभयो ।
भारतले सन् १९९४ देखि नेपालको ७० जिल्लामा अवस्थित विभिन्न संस्थालाई तीन सय ४२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यसले स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका खासगरी दुर्गम क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिकलाई नजिकका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग जोड्न तथा उनीहरूको घरदैलोसम्म स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुगेको महसुस गराएको छ । हालसम्म भारत सरकारद्वारा उपहारस्वरूप प्रदान गरिएका एम्बुलेन्सले ५० हजारभन्दा बढी बिरामीलाई सेवा पुर्‍याइसकेको तथ्याङ्क प्राप्त भएको दूतावासले जनाएको छ । भारत सरकारले नेपालका २४ जिल्लामा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाका लागि ६६ वटा बस उपहारस्वरूप प्रदान गरिसकेको छ, जसबाट त्यहाँका विद्यार्थीको विद्यालयमा सहज पहुँच पुग्नुका साथै विभिन्न कल्याणकारी संस्थाहरूमार्फत पिछडिएका समूहलाई सेवा प्रदान गर्ने कार्य सुचारु हुन सकेको बताइएको छ ।
भारत र नेपाल सरकारबीच कुल ६३ अर्बभन्दा बढी लगानीमा बृहत् भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत यी एम्बुलेन्स तथा बस उपहारस्वरूप प्रदान गरिन्छ । उक्त कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका लागि ठूला तथा साना चार सय १५ भन्दा धेरै परियोजना रहेका छन् ।

हत्यालाई आत्महत्या सावित गर्ने षड्यन्त्र !
कीर्तिपुरकी रञ्जना न्यौपानेलाई घरमै झुन्ड्याएर मारी आत्महत्या प्रमाणित गर्न उनका श्रीमान् र सासू लागिपरेका आरोप मृतकको माइतीपक्षले लगाएको छ । गत २ गते रञ्जना उनकै घरको मूल गेटमा झुन्डिएको अवस्थामा माइती पक्षले फेलापारेका थिए । हत्यालाई आत्महत्याको रूप दिन प्रहरीले समेत सहयोगी भूमिका निर्वाह गरिरहेको आरोप पनि माइतीपक्षको छ । माइतीपक्षका केशव, अच्यूत, रामप्रसाद पौडेलले हत्याको छानबिन गरी हत्यारालाई कारबाही गराउन प्रहरीलाई दबाब दिन मानवअधिकारवादी, नागरिक समाज र सञ्चारकर्मीहरूसँग आग्रह गरेका छन् ।
मृतक रञ्जनाका माइतीपक्षले गत सोमबार आयोजित पत्रकार सम्मेलनमा सल बेरेर भुइँ छुनेगरी झुन्ड्याइएको, गर्धनमा डाम नभएको अवस्थामा मृत फेलापरेकी रञ्जनाको दाइजो नल्याइएको निहुँमा हत्या भएको आरोप लगाए । घटनास्थलको वास्तविक मुचुल्कासमेत नगरी, दसी प्रमाण सङ्कलन नगरी सफा र सुग्घर कोठाको तस्बिर खिचेर प्रहरीले हत्यालाई आत्महत्या बनाउने षड्यन्त्र रचेको भन्दै त्यसैलाई आधार मानी पोस्टमार्टम नगरी आत्महत्याको रिपोर्ट बनाएको आरोप लगाइएको छ । विवाह भएदेखि नै नपढेकी, दाइजो नल्याएकी भन्दै सासूले प्रताडना दिने गरेकोमा माइतीले सुन, मोबाइललगायतका सामग्री पठाए पनि यातना दिँदै आएको र रञ्जना झुन्डिएको अवस्थाले घटना हत्या नै भएको प्रस्ट हुँदाहुँदै प्रहरीले प्रलोभनमा परी अनुसन्धान बङ्ग्याइएको दाबी माइतीपक्षले गरेको छ ।

गोर्खा भर्तीप्रति ‘माननीय’हरूको बक्रनजर
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले गोर्खा भर्तीकेन्द्र बन्द गराउन गरेको सिफारिसप्रति लमजुङमा रहेका भारतीय भूतपूर्व सैनिकहरूले असन्तुष्टि जनाएका छन् । सो सिफारिस अनावश्यक र अव्यावहारिक भएको भन्दै सिफारिस अस्वीकार गर्न उनीहरूले सरकारसमक्ष अनुरोध गरेका छ्न् ।
भारतीय भूपू सैनिकहरूको गौरवमय इतिहासका कारण थुप्रै नेपाली युवा विश्वका विभिन्न देशमा सैनिकको रूपमा कार्यरत रहेका र यसबाट उनीहरूको परिवार र देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको भूपू सैनिकहरूले जनाएका छन् । लमजुङ भारतीय भूतपूर्व सैनिक विकास समितिमा आबद्ध भूपू सैनिकहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी गोर्खा भर्ती केन्द्रको गौरवमय इतिहासलाई स्मरण गर्दै गोर्खा भर्तीकेन्द्रमार्फत नेपालीको शिर उचो भएको र विश्वभर नेपालीको बहादुरी चर्चा फैलिएको उनीहरूको धारणा छ । उनीहरूले विज्ञप्तिमा दोेस्रो विश्वयुद्धमा गोर्खाली सेनाले देखाएको बहादुरी देखेर जर्मनीका तत्कालीन सम्राट विलियम्सले समेत आफू विश्वका कुनै पनि सेनासँग लड्न तयार रहेको तर गोर्खाली सेनाको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ भनेको कुरा स्मरण गराइएको छ । सन् १८१४ देखि नै नेपाली भारतीय सेनाको एउटा प्रमुख अङ्गको रूपमा रही भारतको आन्तरिक तथा बाह्य सुरक्षामा समेत खटिएको विज्ञप्तिमा जनाइएको छ ।
भारतीय सेनामा रही हाल सेवा निवृत्त भएर देशको सेवामा लागेको स्मरण गराउँदै भूपू सैनिकहरूले आफ्नो जीवनभर मात्र नभई शेषपछि परिवारले पनि भारतीय नागरिकसरह बिनाभेदभाव निरन्तर निवृत्तिभरण प्राप्त गर्ने प्रावधान रहेकोले यसबाट भूपू सैनिकका परिवारलाई जीवन निर्वाह र बालबच्चाको शिक्षादीक्षामा टेवा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो अनुकूल परिस्थितिमा संसदीय समितिले परदेशको सेना हुनु लाजमर्दो भएको भन्दै गोर्खा भर्ती केन्द्र बन्द गराउनुपर्छ भनी सिफारिस गरेर प्राप्त सुखसुविधा तथा मानसम्मानमा आघात-आरोप लगाइएको छ । आफ्नो जीवन निर्वाहको खोजीमा वैदेशिक सेनाको रूपमा कार्यरत रहे पनि आफूहरूले आफ्नो आत्मा नबेचेको उनीहरूको कथन छ । भारतीय सैनिकका रूपमा भारतीय नागरिकसरह समान अवसर नेपालीहरूले प्राप्त गरिरहेको दोहोर्‍याउँदै यसबाट दुई देशबीच संस्कृति र रहनसहनमा एकरूपता रहेको र सम्बन्धसमेत राम्रो भएको भन्दै त्यसप्रति गौरव गरिएको छ ।

द्वन्द्वपीडितको बेग्लै गुनासो
स्थानीय शान्ति समितिको आन्तरिक विवादका कारण शान्ति समितिले राम्ररी काम गर्न नसकेको र द्वन्द्वपीडितले पाउने सुविधा पनि लमजुङका द्वन्द्वपीडितहरूले पाउन नसकेको गुनासो बेसीसहरमा आयोजित एक कार्यक्रममा उपस्थित पीडितहरूले गरेका छन् ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहकार्यमा रेडियो नेपालले आयोजना गरेको शान्ति प्रवर्द्धनका लागि बहस कार्यक्रममा द्वन्द्वपीडितहरूले राज्यले द्वन्द्वपीडितहरूका लागि उपयोगी हुने कार्यक्रम नल्याएको गुनासो गरेका थिए । पीडितले द्वन्द्वका घाउमा सरकारले मलम नलगाए बल्भिmने चेतावनी दिँदै मेलमिलाप तथा सत्यनिरूपण आयोग गठन गर्न, बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न र द्वन्द्वपीडितहरूलाई राहत दिन सरकारसँग माग गरेका थिए ।
यसैबीच लमजुङका सहायक प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट द्वन्द्वपीडितका लागि भएका कामकारबाहीबारे जानकारी दिँदै अहिलेसम्म करिब दुई करोड ४० लाख रकम द्वन्द्वपीडितलाई वितरण गरिसकेको बताए ।-छविलाल बगाले

लुम्बिनी भ्रमण वर्षमाथि पेरिसमा कार्यक्रम
लुम्बिनी भ्रमण वर्षको अवसरमा पेरिसस्थित नेपाली राजदूतावासले गत शुक्रबार साँझ एक कार्यक्रमको आयोजना गरेको छ । भारत, तान्जानिया, म्यासेडोनिया, मोन्टेनेग्रो र म्यान्मारका राजदूतलगायत असम्बन्धित दूतावासका उच्च अधिकृतहरू, फ्रान्सको परराष्ट्र मन्त्रालय तथा विशिष्ट फ्रान्सेलीहरू, पूर्वराजदूततहरू, नेपाली महावाणिज्यदूतहरू, प्राध्यापक, कलाकार, पेन्टर, युनेस्कोमा कार्यरत प्रोफेसनलहरू, नेपाली सङ्गठनका सभापतिहरू, ट्राभल एजेन्ट तथा पेरिसमा लामो समयदेखि बसोबास गरिआएका विभिन्न व्यक्तिलाई समेत सहभागी गराइएको सो अवसरमा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले भगवान् बुद्धको मर्ूर्तिअगाडि दीपज्वलन गरी स्वागत मन्तव्य दिनुभएको थियो ।
मन्तव्यमार्फत राजदूत श्रेष्ठले गौतम बुद्धको जन्म, जीवनी, बोधीज्ञान प्राप्ति तथा परिनिर्वाणबारे आधिकारिक मितिसहित व्याख्यात्मक प्रस्तुति गर्नुभयो । शान्तिका महान् अग्रदूत तथा एसियाको ज्योति भगवान् बुद्धले सिकाउनुभएका अद्वितीय शिक्षालाई मनन गरी दैनिक जीवनमा लागू गर्न सके सकल मानवजातिको कल्याण र जीवन सुखमय हुने विचार उहाँले प्रस्तुत गर्नुभयो । बुद्धको जन्मस्थल लुम्बिनीलाई नेपालले अन्तर्राष्ट्रिय शान्तिसहरको रूपमा विकसित गर्न लागेको जानकारी दिँदै उहाँले लुम्बिनीको विकासमा सहयोग पुर्‍याउन विश्वसमुदायसँग आग्रह गर्नुभयो । बुद्धसम्बन्धी जानकारी पाएको र नेपाली खानाका साथ स्वागत गरिएकोमा उपस्थित पाहुनाले खुसी व्यक्त गरेको पेरिसस्थित नेपाली राजदूतावासले जनाएको छ ।