प्रोस्टेट ग्रन्थी र क्यान्सर

प्रोस्टेट ग्रन्थी र क्यान्सर


स्वास्थ्य
  • सागर सुवेदी

पुरुषको उमेर ३५ वर्षभन्दा बढी हुँदै गर्दा शरीरको एक ग्रन्थी प्रोस्टेटमा केही समस्या बिस्तारै पैदा हुन थाल्छन् । जब उमेर ५० भन्दा माथि पुग्छ, समस्या अरु बढेर जान्छ । समग्र जनसङ्ख्याको कति प्रतिशत पुरुष यस्तो समस्याबाट पीडित छन् भन्ने एकिन संख्या नेपालजस्तो मुलकमा प्राप्त गर्न नसकिए पनि विश्वब्यापी रूपमा यो समस्या रहनुका साथै यसैको कारण मृत्यु नै वरण गर्नुपर्ने अवस्था कहालीलाग्दो छ ।

स्वास्थ्य सम्वेदनशीलतालाई मुख्य प्राथमिकता राखिएको जर्मनभाषी एरिया (अष्ट्रिया, जर्मनी, स्विस) मा सेत वार्षिक पन्ध्र हजार भन्दा बढी व्यक्तिको मृत्यु प्रोटेस्ट ग्रन्थीसँग सम्बन्धित रोगका कारण हुने गरेको पाइएको छ । तर यो रोगका बिरामीहरू भने लाखौँमा रहेको देखिएको छ ।

यसलाई नमुनाको रूपमा लिँदा मात्र पनि समयमै यसको सही उपचार प्राप्त गर्न कठिन हुने नेपाल जस्तो मुलुकमा प्रोस्टेट समस्याका कारण कति पुरुष प्रभावित होलान्, अनुमान मात्र गर्न सकिने विषय हो ।

विश्वका विकशित मुलुकहरूमा प्रोस्टेट समस्याका विषयमा प्रकाशित आँकडा हेर्ने हो भने यो रोगलाई पटक्कै खेलाची गर्न मिल्दैन । प्रोस्टेस्ट ग्रन्थीको समस्या (रोग) सुरुमा सानो देखिएता पनि समयक्रममा यो खतर्नाक बन्न सक्छ । त्यसमाथि यसमा बन्न जाने क्यान्सरको कारण पुरुषहरूको ज्यानसमेत जाने हुन्छ । तर यसलाई समयमा थाहा पाएको खण्ड र, यसको उपचारमा ध्यान दिन सकियो भने पुरुषहरू बाँकी उमेर स्वस्थ जीवनयापन गर्न सक्ने हुन्छ ।

के हो प्रोटेस्ट ग्रन्थी ?

पुरुषको तल्लो पेटमा पिसाब थैलीसँगै जोडिएको पिसाबनलमिा एक ओखर आकारको ग्रन्थी हुन्छ, यसलाई प्रोस्टेट ग्रन्थी भनिन्छ । यसले पुरुष प्रजनन ग्रन्थी (अण्डकोष) टेस्टिजबाट निस्किने शुक्रकिटलाई बग्न या तैरिनका निमित्त विशेष प्रकारको तरल पदार्थ उत्पादन गरिदिन्छ, यस अर्थमा बुझ्ने हो भने यो ग्रन्थीको प्रत्येक्ष सम्बन्ध प्रजननसँग जोडिएको हुन्छ । यो ग्रन्थी पिशाबनलीको दायाँ र बायाँतर्फ रहेको हुन्छ ।

प्रोस्टेट ग्रन्थी ठुलो (Hyper) हुनुको कारण

यो ग्रन्थी ठुलो हुनुमा विविध कारण जोडिएका हुन्छन् । अहिलेसम्म पत्ता लागेका कारणहरूमा, पुरुषको बढ्दो उमेरसँगै यसले पनि आफूलाई परिवर्तन गरेको पाइएको छ, अर्को कारण जेनेटिक पनि देखिएको छ भने यसको प्रमुख क्लिनिकल कारण भनेको मानवशरीरमा भएका दुइ हर्मोन टेस्टोस्टेर्न र ओस्ट्रोगेनको एकआपसी सन्तुलन बिग्रनु नै हो ।

यो ग्रन्थी सुन्निदा (बढ्दा) दुई प्रकारको क्लिनिकल अवस्थालाई चित्रित गरिएको हुन्छ ।

एक सामान्य रुपमा बढ्ने, जसको कारण साइकल या घोडा सवारी हुने गरेको पाइन्छ, साथै ग्रन्थीमा संक्रमणका कारण बढ्न गएको हुन्छ । येही अवस्था कालान्तारमा अर्को यसमा असामान्य शारीरिक प्रक्रिया (Cells Differentiation) उत्पन्न भएर ट्युमर (क्यान्सर) बन्ने हुन गएको हुन्छ ।

ट्युमर (क्यान्सर)लाई पनि राम्रो (Benigne Prostatahyperplasie) र नराम्रो (Maligne) भागमा विभाजन गरिएको हुन्छ । सँगै यस रोगलाई क्लिनिकल स्टेजको ३ चरणमा विभाजन गरिएको हुन्छ, जस्तो –

चरण १ : पिसाब पूरै फेर्न नसक्नु, रातमा धेरै पटक पिसाब फेर्नकै लागी उठ्नुपर्ने अवस्था निम्तिनु ।
चरण २ : पिसाबनलीको संक्रमणका कारण पिसाब रोक्न नसक्नु, पिसाबमा रगत देखिनु, पिसाब फेर्दा अत्याधिक पिडा (दुखाइ) हुनु ।
चरण ३ : पिसाब सम्पूर्ण रूपमा फेर्न नसक्नु, पिसाब नली आंशिक तथा पूर्ण रूपले बन्द हुनु, पूर्ण बन्द भएको अवस्थामा पिसाब मुत्रथैलीबाट मृगौलातर्फ डाइभर्ट हुनु, यस्तो हुँदा मृगौलाले काम गर्ने अवस्थालाई प्रभावित बनाइदिनु हुन जान्छ । (तर घातक क्यान्सर प्रमाणित भएको खण्डमा यसको जाँचसूचक ‘टीएनएम’बाट मापन गरेर उपचार सुरु गरिन्छ ।)

प्रोस्टेट ग्रन्थीमा समस्या सामान्य हो या क्यान्सर नै भइसकेको छ भन्ने कसरी थाहा पाउने ?

जब बिरामीलाई माथि इंगित गरिएका समस्याहरूसँग जुधिरहेको अवस्थामा बिरामीले चिकित्सकलाई बताएको अवस्थालाई आफ्नो नोटमा राख्ने गर्दछन्, सँगसँगै शरीरको जाँच गरिन्छ जसमा दिशा निस्किने (Anal) भागमा औंलाले प्रेसर गरेर छाम्दा बढेको छ या छैन भन्ने पनि थाहा हुन सक्छ भने यसको अलावा रगत जाँच, यसमा पनि ‘पीएसए’ भन्ने विशेष क्लिनिकल जाँच आवश्यक पर्दछ, सँगसँगै पिसाबको जाँच र भिडियो एक्सरे (Ultrasound) र यदि बिरामीले आफै पिसाब फेर्न सक्ने अवस्थामा छ भने पिसाबको गति (कति तेज र कति साह्रो) भन्ने जाँच गर्ने प्रविधि हुन्छ जसलाई Uroflowmetrie भन्ने एक विशेष यन्त्रद्वारा जाँच गरिन्छ ।

उपचार कसरी गरिन्छ ?

सर्बप्रथम चिकित्सकले के-कस्तो कारण प्रोस्टेट ग्रन्थी बढेको हो भन्ने बारेमा एकीन गर्दछन् । तत्काल अप्ठ्यारो अवस्था छैन भने केहि समय निगरानीमा राखिन्छ, यदि तुरुन्त उपचार सुरु गर्नुपर्ने देखियो भने रोगको कारण हेरेर औषधि तथा आवश्यकताअनुसार शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ । शल्यक्रिया बिरामीको अवस्था, रोगको अवस्था हेरेर निर्धारण गरिन्छ । यो रोग लागेकाहरू युरोलोजीसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूले उपचार गर्दछन् ।

यो ग्रन्थीमा हुने क्यान्सर महिलामा हुने ओभरियल (पाठेघरको मुख) भन्दा पनि बढी पुरुषहरू प्रोस्टेट क्यान्सर बाट पीडित भएका पाइन्छन् । समयमा रोगलाई बुझेर उपचार गर्न सकेको खण्डमा यो रोग पूर्ण निको हुन्छ । तर निको सँगै प्रजनन प्रक्रियाचाहिँ अवरुद्ध बन्दछ ।