तीन क्रिकेट खेलाडी सम्मानित

तीन क्रिकेट खेलाडी सम्मानित


  • विकाश रौनियार,धादिङ

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले तीन जना क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

बेनिघाट रोराङबाट बागमती प्रदेशस्तरीय क्रिकेट खेल्ने तीन खेलाडी श्याम त्रिपाठी, आशीष मिया, एन्जल सिलवाललाई बुधबार गाउँपालिकाले जनही २५ हजार नगदसहित सम्मान गरेको हो ।

धादिङको खेल इतिहासमा पहिलो पटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उपविजेता बनेको अवसरमा तत्कालिन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बेनिघाटका तीन खेलाडीलाई २५–२५ हजार र क्रिकेट संघ धादिङलाई ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए ।

उक्त घोषणालाई नवनिर्वाचित पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले कार्यान्वयनमा ल्याउँदै गाउँपालिकाले खेलाडी र क्रिकेट संघ धादिङलाई नगदसहित सम्मान गरेको हो ।