२७ श्रावण २०७९, शुक्रबार

श्रीमान् १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

  प्रकाशित मिति
१५ असार २०७९, बुधबार १५:४५


सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरुले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । एकल महिलाको परिभाषामा ‘नियमित १० वबर्षभन्दा बढी समय श्रीमान् सम्पर्कविहीन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपाले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भन्दा दिने व्यवस्था छ ।

यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्धय विक र विश्वकर्माले श्रीमान् १० बर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

दुवै संशोधनकर्ता सांसद प्रमुख विपक्षी नेकपा एमालेका सांसद हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने एकल भत्ता पाउने प्रस्तावित ६० वर्षे उमेर हदलाई घटाएर ५० वर्ष बनाउनुपर्ने प्रस्स्ताव राखेका छन् । उनले कामदार वर्ग, विपन्न वर्ग वा गरिवीको रेखामुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता तोकिए भन्दा दुई गुणा बढी दिइने, ५५ वर्षभन्दा कम उमेरका असहाय एकल महिलालाई विद्यालय र विश्वविद्यालयमा निःशुल्क पाठ्यपुस्तकसहित अध्ययनको व्यवस्था गरिने कानुनी व्यवस्थाको समेत प्रस्ताव राखेका छन् ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको