‘प्रसाद-२’मा राज कटुवाल

‘प्रसाद-२’मा राज कटुवाल


  • राजन घिमिरे

कलाकारितामार्फत आफ्नो पहिचान र उपस्थितिलाई बलियो बनाउँदै अगाडि बढेका अभिनेता हुन् राज कटुवाल । सिनेमाको नायक हुँदै चलचित्र क्षेत्रको नीति र निर्माण बनाउने चलचित्र विकाश बोर्डको सदस्य जस्तो गरिमामय पदसम्म हाँक्न पुगेका कटुवाल पछिल्लो समय चलचित्र ‘प्रसाद २’मा अनुबन्धित भएपछि चर्चामा आएका छन् ।

यो चलचित्रमा बलियो र दर्शकहरूले नोटिस गर्ने भूमिका हात पारेका उनले यो चलचित्रमार्फत कलाकारिता क्षेत्रमा छलाङ मार्ने निश्चित देखिएको छ ।

चलचित्रमा यसअघि नै नम्रता श्रेष्ठ, विपिन कार्की र अर्पण थापा चयन भैसकेका छन् । राज पनि यो चलचित्रमा मुख्य भूमिकामा देखिने छन्- ‘राम्रो ब्यानर र स्थापित अनि दर्शक प्रिय कलाकारहरूसँग काम गर्न पाउनु मेरो लागि सौभाग्य हो’, राजले खुशी ब्यक्त गरे ।

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नेछन् भने चलचित्रको पटकथा पत्रकार सुशील पौडेलले तयार पारेको हुन् । प्रसाद-२ खेलेपछि राज कटुवाल दशैँपछि छायाङ्कन हुने चलचित्र राजाको निर्माण र अभिनयमा लाग्ने छन् ।