असार पन्ध्र

असार पन्ध्र


  • राजेशमान के.सी.

असार १५ गते पर्छ किसानलाई चटारो ।
रोपाईं गर्न हुन्छ उसलाई निकै हतारो ।

असार १५ मा नै पर्छ राष्ट्रिय धान दिवस ।
कृषक भने बजार धाउन हुन्छन् सँधै विवश । ।

तराई बासी पनि मान्छन् १५ असार ।
तराई नै हो हाम्रो देशको अन्न भण्डार । ।

असार १५ मै नेपाली दही–चिउरा खान्छन् ।
कृषकहरु रोपाईँ गर्दै भ्mयाउरे भाका गाउँछन् । ।

कृषकहरु असारमा धानको बीउ रोप्छन् ।
मङ्सीर लागेपछि बाली भित्र्याउन थाल्छन् । ।

कृषि प्रधान मुलुकका हामी नेपाली । ।
धान नै हो हाम्रो देशको मुख्य खाद्यबाली ।

नेपालको कृषि भूमि झन् झन् मासिँदैछ ।
कृषि उत्पादनमा पनि कमी आउँदैछ । ।

केही दशक अघि सम्म हुन्थ्यो खाद्य निर्यात ।
अहिले भने नेपालीले गछनर्् खाद्य आयात । ।

विदेशीएका युवाले देशमै खेती गर्नु पर्छ ।
बाँझो जमीन पनि खेतीयोग्य पार्नु पर्छ ।

पुरातन खेती प्रथा अन्त्य गर्नु पर्छ ।
वैज्ञानिक कृषि प्रथा लागु हुनु पर्छ । ।

राज्यले नि कृषि हितमा नीति ल्याउनु पर्छ ।
कृषि योग्य वातावरण बनाउनु पर्छ । ।

कृषि क्षेत्रमा सुधार अब नगरी हुँदैन ।
कृषिलाई हेला गरे देश बन्दैन । ।

  • गट्ठाघर, भक्तपुर