२७ श्रावण २०७९, शुक्रबार

भूकम्पमा मालिक गुमाएको कुकुरको पीडाले धेरैलाई रुवायो

  प्रकाशित मिति
१५ असार २०७९, बुधबार ०३:३८


अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि ठूलो असर गरेको छ ।

भत्किएको घरको बीचमा उभिएको एउटा कुकुरको तस्बिर एक प्रयोगकर्ताले ट्वीटर पोस्ट गरेपछि सहानुभूतिको वर्षा भएको छ । समिरा एसआरद्वारा पोस्ट गरिएको यस तस्बिरले विनाशकारी भूकम्प पछिको दृश्य देखाउँछ ।

‘यो कुकुरको घरमा भएका प्रत्येक व्यक्ति भूकम्पमा मारिएका थिए । उसलाई खुवाउन र पाल्नका लागि छिमेकीहरूले आफूसँगै लिएर गएका थिए । तर, ऊ बारम्बार भत्किएको घरमा फर्केर रुन थाल्छ’, तस्बिरको क्याप्सनमा लेखिएको छ । पोष्टका अनुसार यो तस्बिर पक्तिकाको गायनस्थित ओचकी गाउँमा खिचिएको हो ।

आफ्नो मालिकहरूको लागि खोजी गरिरहेको कुकुरको हृदयविदारक छविले ट्विटर प्रयोगकर्ताहरूले आँसु चुहाएका छन् । तिनीहरूमध्ये धेरैले कुकुरलाई पाल्ने प्रस्ताव पनि गरेका छन् । एक प्रयोगकर्ताले भने, ‘हामी मानिस कुकुरको योग्य छैनौं ।’

‘आशा छ उसले पहिले जस्तै माया गर्ने र हेरचाह गर्ने मालिक भेट्टाउनेछ । अफगानिस्तानमा जे भयो त्यसबाट निराश छु । प्रभुले सबैलाई बल दिनुहुन्छ’, अर्का प्रयोगकर्ताले लेखेका छन् ।

गत बुधबार आएको ६ दशमलब १ म्याग्निच्युडको भूकम्पका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै दर्जनौँ घर भत्किएका थिए ।

भूकम्पको धक्का भारत र पाकिस्तासम्म महशुस भएको थियो । स्थानीय समयअनुसार बिहान साढे १ बजे खोस्ट सहरबाट ४४ किलोमिटर टाढा उक्त भूकम्प गएको थियो ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा

चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाममा उत्पादन