आजको पञ्चाङ्ग एवम् राशिफल (१५ असार २०७९ बुधबार, २९ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ असार २०७९ बुधबार, २९ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ १५ गते बुधबार तद्अनुसार सन् २०२२ जुन २९ तारिख आषाढ कृष्ण पक्षको अमावश्या तिथि ७ः५ पर आषाढ शुक्ल पक्षको प्रतिपदा तिथि आर्द्रा नक्षत्र वृद्धि योग किंस्तुघ्न करण आनन्दादिमा मुशल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ बजेमा भयो र सूर्यास्त साँझ १९ः०२ बजेमा हुनेछ । स्नान दान का लागि औंंसी, राष्ट्रिय धान दिवस, दहिच्यूरा खाने दिन ।

आजको राशिफल

मेष – आँट पराक्रम बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । दिन मनोरञ्जनपूर्ण रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ । ।प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – आरोग्यता बढ्नेछ, सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्ने योग रहे पनि पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । सम्पत्ति बढ्नेछ । भागदौड बढ्नेछ । रसरागमा रुचि रहला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुका साथै सुख सुविधाको बस्तुको जोगाड गर्नुहुनेछ ।

कर्कट – भागदौडका साथमा लगानी बढ्नेछ र आशा उत्साह पनि वृद्धि होला । नयाँ सम्भावना देखापर्नेछ । प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन होला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – आयस्रोत वृद्धि हुनेछ । शुभता बढ्नेछ । आफन्तसित भेटघाट होला । धेरै श्रमपछि कम मात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन पारिवारिक दायित्व बढ्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ ।

तुला – शुभता बढ्नेछ, रोकिएका काम बन्नेछन् । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला, नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – जोखिम वृद्धि भए पनि काममा सफलता मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । प्रेमपथमा प्रगति होला । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। दाम्पत्यसुख वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।

मकर – आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । शत्रुलाई जीत्ने सामर्थ्य भने बढ्नेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखापर्ला । लेखन प्रकाशनसित सम्बन्धित र रचनात्मक कार्य आदिमा सफलता पाउनुहुनेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । तर लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा-उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आरोग्यप्रद काममा सफलता मिल्नेछ ।

मीन – प्रयासरत काममा सफलता मिल्ने योग छ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ। विशेष सभा-समारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्ला ।