कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप

कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप


भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीया दलित युवतीले यस्तो आरोप लगाएकी हुन् ।

दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

माधवनले आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासनसमेत दिएको पीडितले आरोप लगाएकी छन् ।

पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको घटनाबारे जाँच गरिरहेका एक प्रहरी अधिकारीले बताएका छन् ।