सप्तरीमा कांग्रेस गठबन्धनको प्यानल नै विजयी

सप्तरीमा कांग्रेस गठबन्धनको प्यानल नै विजयी


जिल्ला समन्वय समिति सप्तरीमा कांग्रेस गठबन्धनको प्यानल नै विजयी भएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह २३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी र एमाले गठबन्धनका उम्मेदवार छेदी अरगरिया यादवले ११ मत प्रप्त गरेका छन् ।

उपप्रमुखमा भने लोसपाका शम्भुकुमार यादवले २० मत प्रप्त गरी विजयी हुँदा एमालेका देवकान्त चौधरीले १४ मत प्रप्त गरेका छन् ।

खुल्ला सदस्य नेपाली कांग्रेसका जागेश्वर यादव, जनमत पार्टीका वृधिलाल यादव र लोसपाका सत्य नारायण मण्डल निर्वाचित भएका छन् ।

महिला सदस्यमा नेपाली कांग्रेसकी रञ्जिता कुमारी चौधरी (थरुनी), जनमत पार्टीकी प्राणवती देवी सरदार र एकीकृत समाजवादीकी सविता कुमारी साह निर्वाचित भएकी छन् ।

दलित तथा अल्पसंख्यक सदस्यमा नेकपा एकृकित समाजवादीका बौहरी भगत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सप्तरीको कुल १८ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३६ मत रहेकोमा निर्वाचनमा ३६ जनाले मतदान गरेका थिए । जसमध्ये दुई मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।