सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ

सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ


सिरहा प्रहरीले प्रतबन्धित लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षीय रामसागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षीय चंखु सदायलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स. ३ प ७७९६ नम्बरको मोटरसाइकल शंका लागि रोकी चेकजाँच गर्दा दुई वटा सेतो बोराभित्र लुकाइ ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उदयपुरको सीमाक्षेत्रमा उत्पादित गाँजा धनगढीमाई नपाको बाटो हुँदै तस्करहरुले भारतसम्म पुर्याउने गरेको बताइन्छ ।