चौतर्फी विरोधपछि कर कटौती गरेर इन्धनको मूल्य घटाउन सरकार बाध्य

चौतर्फी विरोधपछि कर कटौती गरेर इन्धनको मूल्य घटाउन सरकार बाध्य


पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण अन्य सामग्रीमा समेत चरम महँगी बढेपछि सरकारले इन्धनमा लगाउँदै आएको करमा कटौती गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जनाएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्री बडूले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कर कटौती गरेको जानकारी दिँदै कर कटौती भएपछि अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्ने बताएका छन् । आज (शनिबार) राति १२ बजेदेखि इन्धनमा कर घटाउने सरकारको घोषणालाई नेपाल आयल निगमले लागू गर्ने बताइएको छ । यतिबेला पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

अत्यधिक मूल्यवृद्धि गरेपछि कर कटाएर भएपनि इन्धनको मूल्य घटाउन सरकारलाई चौतर्फी दबाब परेको थियो ।