टोकियोमा बार्बिक्यु गर्दै नवलपरासी समाज जापान

टोकियोमा बार्बिक्यु गर्दै नवलपरासी समाज जापान


जापान । नवलपरासी समाज जापानको आयोजनामा टोकियो मिनातोगाओका फुतो पार्कमा बार्बिक्यु आयोजना हुने भएको छ ।

विश्वमहामारी कोभिडले गर्दा लामो समयदेखि सामूहिक भेटघाट नभएको र नेपाली भाइचारालाई अझ प्रगाढ बनाउन उद्देश्यले बार्बिक्यु कार्यक्रम यही जुलाई १३ तारिक टोकियोमा रहेको मिनातोगाओका फुतो पार्कमा दोस्रो बार्बिक्यु कार्यक्रम गर्न लागेको दोस्रो बार्बिक्यु कार्यक्रमका सम्योजक हरि सापकोटाले बताए ।

नवलपरासी समाज जापानका सचिव ॠषि पौडेलले दिएको जानकारी अनुसार बार्बिक्यु कार्यक्रमसँगै नवलपरासी समाज जापानको विश्वमहामारी कोभिडको कारणले हुन नसकेको अधिवेशन पनि सोही दिने एकैसाथ सम्पन्न गरिने छ ।

नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कँडेलले जापानमा रहेका जिल्लावासीसँगै जापानवासी नेपालीहरुलाई पनि बार्बिक्यु कार्यक्रम तथा दोस्रो अधिवेशन मा उपस्थित भैइदिन अनुरोध गरेका छन् ।