१५ असार २०७९, बुधबार

माओवादी केन्द्र महोत्तरीमा चर्कियो अन्तरविरोध

  प्रकाशित मिति
१० असार २०७९, शुक्रबार ०७:३०


  • विशाल बस्नेत, महोत्तरी

‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि मतपरिणाम प्रतिकुल आइइाल्छ नि,’ यो भनाइ हो माओवादी केन्द्र महोत्तरीका नेता राजु ढकालको ।

तर, अहिले महोत्तरीमा ढकालले चित्त बुझाएजस्तो माओवादी केन्द्रभित्र अरुले चित्त बुझाएका छैनन् । माओवादी केन्द्रले महोत्तरीमा व्यहोरेको पराजयकै कारण दुई पक्षबीचको तिक्तता यतिबेला उत्कर्षमा छ ।

माओवादी केन्द्रभित्रको संस्थापन खेमा र पूर्व जनमोर्चा खेमामा आरोप-प्रत्यारोप चल्न थालेको छ । विवाद उत्कर्षमा पुग्दै बैठकसमेत छुट्टाछुट्टै राख्न थालिएको छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले चारवटा पालिकामा जितेर जिल्लाकै तेस्रो दल बनेको थियो । तर, गत वैशाखमा भएको निर्वाचनमा केही वडाहरू बाहेक कुनै पालिकामा पनि जित हासिल गर्न सकेन ।

यही लज्जास्पद हारको जिम्मेवारी कसले लिने भन्ने सम्बन्धमा आरोपप्रत्यारोपको अवस्था सिर्जना भएको हो । पाटीभित्रैका जिम्मेवार नेता र कार्यकर्ताहरूको अन्तर्घातको प्रतिफल नै पराजयको कारक बनेको संस्थापन पक्षको निष्कर्ष छ भने संस्थापनइतर जनमोर्चा खेमा भने यसलाइ अस्वीकार गर्छ ।

स्थानीय निर्वाचनमा टिकट कसले पायो भन्ने विषयले मुख्य प्राथमिकता राख्ने भएको हुँदा पार्टीले टिकट वितरणमा समेत त्रुटि गरेको संस्थापनइतरको विश्लेषण छ ।

विशेषगरी केन्द्रीय सदस्य राजु खड्का र गिरिराजमणि पोखरेलबीचको तिक्तताले माओवादी केन्द्र महोत्तरीमा तरङ्ग ल्याएको हो । पोखरेल महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा लगातार तीनपटक निर्वाचित भइसकेका छन् भने राजु खड्का अहिले जिल्लाका इन्चार्ज हुन् ।

खड्का बर्दिबास नगरपालिका मेयरमा पराजित भए । उनले आफ्नो पराजयको दोषसमेत पोखरेल समूहलाई लगाएका छन् । पूर्वनगरप्रमुख विदुरकुमार कार्कीको असहयोग, गिरिराजमणिको निस्क्रियता तथा विशेषगरी जनमोर्चा खेमाको असहयोगकै कारण आफुले हार व्यहोरेको खड्काको तर्क छ ।

तर, पोखरेल समूहले भने आफूहरूले आफ्ना उम्मेदवारलाई जिताउन हरकोसिस गरेको दावी गरेका छन् । पोखरेलसँग निकट मानिने युवा नेता शंकर महतो आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन निकै कोसिस गरेको दाबी गर्छन् ।

मुख्य नेताहरूबीचमा बढिरहेको दूरीको कारणले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत ठूलो असर पर्न सक्ने भन्दै कार्यकर्ताहरू चिन्तित बन्न थालेका छन् ।

संस्थापन पक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न केन्द्रीय पार्टी कार्यालय नै पुगेको थियो । अध्यक्ष प्रचण्डसँगको भेटमा सहभागीहरूले पोखरेल समूहबाट पार्टीलाई भएको असहयोगका कारण हार व्यहोर्नु परेको गुनासो गरिएको थियो । पार्टीले व्यहोर्नुपरेको पराजयका कारण नैतिकताका आधारमा जिल्ला इन्चार्जबाट राजु खड्काले को राजीनामा दिनुपर्ने आवाज पनि उठ्न थालेको एक नेताले बताए ।


81
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा

डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको

तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय रासस सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा बुधबार राय बाझिएको पूर्णपाठ सार्वजनिक

सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका