१५ असार २०७९, बुधबार

एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस

  प्रकाशित मिति
९ असार २०७९, बिहीबार १७:३६


नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटिलाई निष्कृय जस्तै बनाएको, पार्टीका केन्द्रिय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलोज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो ।

अध्यक्ष थापाले पार्टीको बैठक समेत बनसाएको, चुनावी समीक्षाका लागि बेठक बोलाउन पटक-पटक आग्रह गर्दा पनि वेवास्ता गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरिएको एमालेका एक नेताले बताए । बिहीबार दिउँसो २ बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्ष थापा अनुपस्थित रहेका थिए ।

उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, सह-सहिच ममता प्रसाद चौधरी सहित अन्य पदाधिकारीको भने बैठकमा उपस्थिती रहेको थियो । एमाले स्रोतका अनुसार थापालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको छ ।

यही असार ६ गते मात्रै एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई तीनदिने स्पष्टिकरण सोधिएको थियो ।

असार ५ गते जिल्ला इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको थियो ।


90
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा

डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको

तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय रासस सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा बुधबार राय बाझिएको पूर्णपाठ सार्वजनिक

सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका