१५ असार २०७९, बुधबार

ह्विलचियर पाएपछि अपाङ्गता भएकाहरूले यस्ता देखे सपना

  प्रकाशित मिति
९ असार २०७९, बिहीबार ०८:२०


  • विशाल बस्नेत, महोत्तरी

जन्मजात अपाङ्गता भएका बर्दिवास-४ का दिलबहादुर राई ह्विलचियर पाएपछि निकै खुशी देखिन्थे । अब दैनिकी केही सहज होलाकी भन्ने आश उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । उनी न सुन्न सक्छन् न त हिँडडुल नै गर्न सक्छन् । वरपर गर्न समेत अरुको पूर्ण साहारा अवश्यक पथ्र्यो ।

गौरिवास-काठमाडौं समाज र उपकार सेवा नेपालले दिलबहादुरलाई बुधरबार घरमै पुगेर ह्विलचियर प्रदान गरेको हो । अब घर वरपर आवतजावत गर्न अर्काको भर नपर्ने उनी बताउँछन् । आर्थिक रुपमा निक्कै कमजोर राईले गियरसहितको ह्विलचियर पाएपछि निकैबेर सुमसुम्याए र फटाफट चढेर हिँडे । गौरीवास-काठमाडौं समाजको सक्रियतामा उनीजस्तै १० जनाले ह्विलचियर पाएका छन् ।

बर्दिबास-५ का प्रनिल गौतमले ह्विलचियर पाएपछि टाढा टाढासम्म घुम्न जाने सपना पूरा हुने अवस्थामा आएको बताए । मुख्य सडकमा ह्विलचियर चलाउँदै आफूजस्तै अपाङ्गता भएका साथीहरू गुडिरहेको देख्दा प्रनिल पनि यस्तै भइदिए हुने भनेर कल्पिन्थे । ‘गौरिवास-काठमाडौं समाज र उपकार सेवाले हाम्रो सपना साकार पारिदिएको छ,’ उनले भने ।

प्रनिल र दिलबहादुर जस्तै सन्दीप वाइवा, दीपा जोशी, रामकिसन महतो, भोटे बम्जन, मनमाया, अशोक सिंताङ्ग, विष्णुमाया र अम्बिका थिङ्गले ह्विलचियर पाए । नगरभरीका १० जनाले ह्विलचियर पाएपछि अभिभावकहरू समेत खुसी भएका छन् ।

‘शरीरिकरूपमा अपाङ्गा भोगिरहेकाहरूको मार्कालाई मध्यनजर गर्दै ह्विलचियर प्रदान गर्ने निर्णय गरेका हौँ ।’ गौरीवास-काठमाडौं समाजका अध्यक्ष कृष्ण घिमिरेले भने ।

सर्पले डसेका बिरामी र अन्य रोग तथा इमर्जेन्सी उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबासलाई समेत समाजले एम्बुलेन्स प्रदान गरेको छ ।

यसअघि पनि गौरीवास-काठमाडौं समाजले नै बर्दिबास-३ का किसानहरूलाई बाँदरले दुःख दिएको भन्दै माहावीर पुनको आविष्कार केन्द्रबाट बाँदर धपाउने यन्त्र समेत ल्याएर वितरण गरेको थियो ।


261
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र

राजन घिमिरे नेपाली सुगम गीत-संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाका विभिन्न शहरहरूमा गुन्जने भएकी छन् । विजडम नाइट नामक यो