१५ असार २०७९, बुधबार

दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

  प्रकाशित मिति
८ असार २०७९, बुधबार ०५:०५


दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ ८ असार बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, दोर्दी खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।


81
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र

राजन घिमिरे नेपाली सुगम गीत-संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाका विभिन्न शहरहरूमा गुन्जने भएकी छन् । विजडम नाइट नामक यो