१५ असार २०७९, बुधबार

रग्बी शृंखला : नेपाल दुवै खेलमा पराजित

  प्रकाशित मिति
७ असार २०७९, मंगलबार १७:५५


नेपाल बंगवन्धु बंगलादेश-नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा मंगलबार पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको श्रृंखला नेपाल २–० ले गुमाएको हो ।

नेपाल पहिलो खेलमा बंगलादेशसंग २०–० स्कोरले पराजित भयो । दिउँसो १२ बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोश्रो हाफमा १०–१० स्कोर खान पुगेको थियो ।

बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो । प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुऱ्याउने)बाट ५ स्कोर दिइन्छ । बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १/१ ट्राई गरेका थिए ।

दोस्रो खेल नेपाल १९-० ले पछि पऱ्यो । पहिलो खेलको तुलनामा खेलाडीहरुले स्तरीय प्रदर्शन गरेका थिए । बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७ तथा ओबेडुर रहमानले ५ स्कोर गरे । नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो ।

उनले खेलमा पराजय भोगेपनि खेलाडीहरुले राम्रो मेहनत गरेको बताए । क्षेत्रीले भने- ‘काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर पर्यो । त्यसैले सोचे जस्तो परिणाम आएन ।’

नेपालले भोली बुधबार रग्बी १५ को पहिलो आधिकारिक प्रतियोगिता खेल्नेछ । पछिल्लो समय नेपालले सन् २०१८ मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।

चार खेलाडीको डेब्यु :

चार खेलाडीहरुले रग्बी ७ मा डेब्यु गरेका छन् । पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गरेका हुन् ।

पुजन सुरुआती ७ खेलाडीमा परे भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए । दोस्रो खेलमा निरोजले डेब्यु गर्ने अवसर पाए । उनी कप्तान क्षेत्रीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

नेपाली टोली ः कृष्ण क्षेत्री (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, विक्रम पुरी, हुतराज प्रधान, झुकेन राई, पुजन फेवाली, रामकिशोर चौधरी, शेरबहादुर ओली, विबेश बासु, सुरज चौधरी र निरोज कार्की ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा

डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको

विकाश रौनियार,धादिङ धादिङको बेनिघाट रोराङ गाउँपालिकाले तीन जना क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । बेनिघाट रोराङबाट बागमती प्रदेशस्तरीय क्रिकेट खेल्ने

तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय रासस सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा बुधबार राय बाझिएको पूर्णपाठ सार्वजनिक