१५ असार २०७९, बुधबार

एमालेद्वारा संसद् बैठक बहिष्कार, बाँस्कोटाले भने- ‘प्रतिपक्षी दल यहाँ छ’

  प्रकाशित मिति
६ असार २०७९, सोमबार १२:००


अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएकोप्रति आक्रोश व्यक्त गरे ।

‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ । हिजो पञ्चायतमा पनि देखिँदैनथ्यो, प्रतिपक्षीलाई ।’

आरोप लागेपछि छानबिनका लागि मार्गप्रशस्त गर्न अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताको छानबिन हुनुपर्ने र यसका लागि एमाले प्रतिवद्ध रहेको बताए ।

अर्थमन्त्रीलाई राजीनाामा दिन आग्रह गर्दै उनले भने, ‘एमालेलाई नलकार्न भन्छु, राजीनामा दिनुहोस् ।’

अर्थमन्त्री शर्माको जवाफ सुन्न जनताले चाहँदैन भन्दै बास्कोटाले एमालेले आर्थिक विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले दिने जवाफ नसुन्ने र बैठक बहिष्कार गर्ने जानकारी दिए ।

यसपछि एमालेले बैठक बहिष्कार गरेको छ ।


108
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा

डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको

तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय रासस सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा बुधबार राय बाझिएको पूर्णपाठ सार्वजनिक

सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका