१५ असार २०७९, बुधबार

प्रश्रित प्रतिष्ठान नेपालद्वारा साहित्यिक कार्यक्रम

  प्रकाशित मिति
६ असार २०७९, सोमबार ११:४१


प्रश्रित प्रतिष्ठान नेपालद्वारा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको जन्मदिनको अवसरमा साहित्यिक कार्यक्रम गरि मनाइएको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय सिद्धार्थनगर रुपन्देहीले साहित्यिक जमघट तथा रचनावाचन कार्यक्रम गरेको छ ।

कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितको साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र उनको योगदानलाई कदर गर्दै प्रतिष्ठान खुलेको शिक्षाविद् बालकृष्ण भट्टराईले बताए ।

प्राज्ञ बूँद रानाले गजलको माध्यमबाट कार्यक्रमलाई सङ्गितमय बनाएका थिए भने साहित्यकार नरेन्द्र भण्डारीले प्रश्रितलाई गितको माध्यमबाट शुभकामना व्यक्त गरे ।

यस्तै, साहित्यकार हिरालाल धामीले नेपालको पश्चिम क्षेत्रमा प्रचलित देउडा भाकाको गितले कार्यक्रमलाई रोचकता प्रदान गरे ।

संस्थाका अध्यक्ष प्राध्यापक डा. कपिल लामिछानेले संस्थाले गर्दै आएका कामको बारेमा जानकारी गराउँदै संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए ।

कार्यक्रमा साहित्यकार उमेशचन्द्र रिजाल, वनमाली निराकार, डाक्टर शंकर नेपाल, रुद्र ज्ञवाली, उमेश थापा, डिबि पुन, युवराज खनाल, रमेश समर्थन लगायतले रचना वाचन गरेका थिए भने साहित्यकार डिल्लीराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका बिच संस्थाका आजिवन सदस्यलाई टिका, खादा र सदस्यता प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र

राजन घिमिरे नेपाली सुगम गीत-संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाका विभिन्न शहरहरूमा गुन्जने भएकी छन् । विजडम नाइट नामक यो