आजको पञ्चाङ्ग एवम् राशिफल (६ असार २०७९ सोमबार, २० जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ असार २०७९ सोमबार, २० जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ ६ गते सोमबार तद्अनुसार सन् २०२२ जुन २० तारिख आषाढ कृष्ण पक्षको सप्तमी तिथि शतभिषा नक्षत्र प्रीति योग भद्रा करण आनन्दादिमा अमृत योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – आय बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – नेतृत्वप्रधान कार्यमा सफलता मिल्ने योग रहे पनि काममा ढिलासुस्ती हुन सक्छ । आर्थिक समस्या देखापर्न सक्छ। चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ भने शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना भएकोले गोपनीयतामा ध्यान दिनुहोला । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । सन्तानबाट सुख प्राप्त होला । आफन्तजनको सहयोगले विशेष फाइदा हुनेछ भने नोकरीप्राप्ति वा पदोन्नतिको सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । आरोग्य वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ ।

कर्कट – व्यस्तता र जोखिम बढ्नेछ । कठोर प्रयत्नले लक्ष्यमा पुग्नुहुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनाले सुख बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ। काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – साझेदारीको काममा सफलता प्राप्त हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। खुसीको समाचार सुन्न पाइने छ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दाम्पत्य सुख वृद्धि होला । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – स्वास्थ्यसम्बन्धी केही समस्या देखिन सक्छ, आफ्नो ख्याल राख्नुहोला । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। सञ्चित धनको नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग पनि छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – कर्मबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ। बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हीतकर होला । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ । आरोग्यता बढ्ला । ऋण र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ । हिम्मतले काम लिने समय छ । विवादबाट बच्नुहोला । अरुको भर नपर्नु नै हीतकर रहला ।

मकर – आशा उत्साह बढ्ला, तर नजिकका साथीभाइ टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – देखापरेको समस्याको समाधान मिल्नेछ । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठनपाठनमा प्रगति हुनेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।