विशिष्ट स्तरका सरकारी अधिकारीमाथि गम्भीर यौन उत्पीडनको आरोप !

विशिष्ट स्तरका सरकारी अधिकारीमाथि गम्भीर यौन उत्पीडनको आरोप !


पीडित युवतीको हृदयस्पर्सी बयान

‘मेरो पेटमा हुर्किरहेको सात महिनाको बच्चालाई आफूबाट अलग गर्ने कुरा कति जोखिमपूर्ण हुन सक्ला भन्ने बुझेकी थिइनँ । तर तत्काल विवाह हुने भएपछि यसरी ‘एवर्सन’ गराउनु नपरेहुन्थ्यो भन्नेचाहिँ मलाई लागिरह्यो । विनायक हस्पिटल पुऱ्याएर एवर्सन गराउने कार्यको व्यवस्थापन नेपाल टेलिकमका कार्यकारी प्रमुखले गरेका थिए ।’

‘सन् २०१७ जुन तिरको घटना हो ‘ब्याचलर ज्वइन’ गरेकी थिएँ, कुनै सन्दर्भमा साथीहरूले उनीसँग भेटाइदिए । मसँग भेटपछिका दिनमा उनले बारम्बार मलाई फोन गर्न थाले । आफू ३० वर्षीय अविवाहित केटो भएको र, योग्य जीवनसाथीको खोजिमा थिएँ तिमीलाई भेटेपछि मन यहीँ रोकियो भन्दै विवाहको प्रस्ताव राखे । जीवनमा एक पटक विवाह गर्नु परिहाल्छ, एजुकेटेड छ र, मानिस योग्य जस्तो देखिन्छ भन्ने सोचेर मैले मेरो घरमै जानकारी गराएर उसँग भेट्न थालेँ । मेरा बाबु-आमाले पनि उनलाई भेटेर विवाहको निम्ति ‘इन्गेजमेन्ट’को प्रस्ताव राख्नुभएको हो, तर अब अर्को महिनामा ‘इन्गेजमेण्ट’ गर्ने भन्दै उनले समय सारिरहे । कहिले के त कहिले के बहाना बनाएर समय सार्दै उनले चार वर्ष बिताइदिए । त्यस अवधिमा उनका अनुचित प्रयासलाई छल्ने प्रयत्न मबाट हुँदै थियो, तर एक दिन घरमा कोही नभएको मौका पारेर उनले मलाई जबर्जस्ती गरे, त्यस घटनाबाट म धेरै दुःखी भएँ र खुब रोएँ ।’

‘अब तुरुन्तै विवाह गर्ने भनेर मलाई सम्झाइबुझाइ गरे । अबचाहिँ अवश्य विवाह गर्नेछन् भन्ने विश्वास भएपछि आफूले आफैंलाई सम्झाएँ र, चित्त बुझाएँ । त्यसपछिका दिनमा मसँगको भेटको क्रम अझै बढ्यो, हरेक भेटमा म विवाहको कुरा गर्थें, उनी यौनका कुरा गर्थे । हुनेवाला पति भनिएको व्यक्तिसँग म देश बाहिर जान पनि राजी भएँ । त्यस क्रममा एक पटक मलाई उनले माल्दिभ्स गएर विवाह गर्न प्रस्ताव राखे, विवाहलाई औपचारिकता दिने कामपछि गर्ने उनको प्रस्तावमा म सहमत भएँ । माल्दिभ्स पुगेपछि मैले आफू ‘प्रिग्नेण्ट’ भइसकेकीले लामो समय धैर्य गर्न मुस्किल हुने बताएँ, उनले मलाई तत्काल एवर्सन गर्न दबाब दिन थाले । म एवर्सन (गर्भपतन)का निम्ति तयार नभएको बताएपछि ममाथि हातपात भयो । अर्काको मुलुकमा मेरो कोही थिएनन्, ज्यान जोगाउनुपर्ने अवस्था महसूस गरेपछि मैले ‘एवर्सन’ गराउँछु, तर यहाँ होइन, नेपालमै’ भनेर वचन दिएँ । माल्दिभ्सबाट फर्किएपछि उनले मप्रति निकै स्नेह भाव देखाए, मेरा बाबुआमालाई पनि अब चाँडै नै विवाह गर्ने भनेर विश्वास दिलाए । हाम्रो परिवारले उनीमाथि एकपटक फेरि विश्वास गऱ्यो ।’

‘सरकारले पत्याएर उच्च तहको राजनीतिक नियुक्ति दिएका व्यक्तिलाई पत्याउनै नहुने भन्ने पनि थिएन । गर्भपतन गराएर स्वस्थ भएको केही दिनमै विवाह गर्ने प्रण गरेपछि उनले त्यसनिम्ति बालाजुको विनायक अस्पताल उपयुक्त हुने बताए । मैले मेरी आमालाई पनि अस्पतालमा लिएर जानुपर्ने कुरा राख्दा उनले ‘अहिले हामी जाउँ, त्यहाँ आवश्यक व्यवस्था भइसकेपछि आमालाई पनि म लिएर आउने छु’ भनी विश्वास दिलाए ।’

सन् २०१९ को अक्टोबर महिना थियो, मेरो पेटमा हुर्किरहेको सात महिनाको बच्चालाई आफूबाट अलग गर्ने कुरा कति जोखिमपूर्ण हुन सक्ला भन्ने बुझेकी थिइनँ । तर तत्काल विवाह हुने भएपछि यसरी ‘एवर्सन’ गराउनु नपरेहुन्थ्यो भन्नेचाहिँ मलाई लागिरह्यो । विनायक हस्पिटल पुऱ्याएर एवर्सन गराउने कार्यको व्यवस्थापन नेपाल टेलिकमका कार्यकारी प्रमुखले गरेका थिए । अस्पतालमा मैले उनका पारिवारिक सदस्यहरूलाई देखेँ र, मेरी आमालाई पनि बोलाइदिन आग्रह गरेँ, एकछिन पछि आमालाई बोलाउने भन्दाभन्दै मलाई अस्पतालको शै्यामा पुऱ्याइयो, बेहोस तुल्याउने इन्जेक्सन दिएर बच्चा निकालिएछ, होस् खुल्दा म बच्चासँग अलग भइसकेकी थिएँ ।

स्वास्थ्यमा सुधार भएपछि मलाई अस्पतालबाट डिस्चार्ज गरियो र, उनैले मलाई घरसम्म पु¥याइदिए । त्यस घटनाको केही समयसम्म उनी हाम्रो घरमा आउने-जाने गर्दै थिए, तर सन् २०२० को जुलाइदेखि उनी सम्पर्कविहीन भए । म उनलाई खोज्दै मण्डिखाटारस्थित उनको घरमा पटक-पटक पुगेँ, मेरा बाबुआमा पनि पुगे, तर उनी हामीसँग भागिरहे । उनी हामीसँग टेलिफोन सम्पर्कमा आउन चाहँदैनथे, मण्डिखाटारस्थित सुजाता कोइरालाको घरनजिकै (पुरानो घर) रहेको उनको घरमा जाँदा उनी सधैँ ‘स्केप’ हुन्थे ।

‘त्यसो त एवर्सनपछिको केही समयपश्चात् मलाई उनका बाबु-आमाले मण्डिखाटारस्थित घरमै राखेका पनि हुन् । एक महिनासम्म म त्यस घरमा बसेकी थिएँ । उनका पिता धर्मप्रसाद पौडेलले ‘तिमी मेरी छोरी हौँ, ढुक्क भएर बस’ भन्दै मलाई आश्वस्त बनाउनुभयो । एवर्सनको एक वर्षसम्म मलाई राम्रो व्यवहार गरियो । एक वर्षको समय गुज्रिएपछि भने उहाँहरू सबैको व्यवहार बदलियो, सबै टाढिए । एक वर्ष गुज्रिएपछि एकाएक किन बदलिएका रहेछन् भन्ने अहिले आएर बुझ्दैछु । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्षसम्म हुँदोरहेछ, त्यो मलाई त्यसबेला थाहा भएन ।’

‘मैले आफू लुटिएको महसूस गर्न थालेँ । उनी आफ्ना बारेमा, आफ्नो पृष्ठभूमिका बारेमा सोधखोज गरेको पटक्कै मन पराउँदैनथे । जतिबेला उनले हामीलाई तीस वर्ष उमेर बताइरहेका थिए, त्यतिबेला ‘उनी चालिसको हाराहारीमा भएको थाहा भयो । आफ्नो उमेर मात्र होइन, आफ्नो बाबुआमाको नाम र पृष्ठभूमिसमेत हामीलाई गलत बताएका रहेछन् । सम्पर्कमा आउन छोडेपछि हामीले उनका बारेमा थप सोधिखोजी गर्न थाल्यौँ । अमेरिकाको ग्रीन कार्ड होल्डर उनको स्थायी बसोबास न्यूयोर्क सिटीको NOB HILL अपार्टमेण्टमा रहेछ । उनकी श्रीमती लीना बस्नेत (नाम परिवर्तन) क्यान्सरको चिकित्सक रहेकी र, अपडेट युनिभर्सिटी हस्पिटलमा उनी कार्यरत रहिछन् । उनले पहिले एउटा बच्चा जन्माएको र, मसँग रिलेसनमा आएपछि पनि अर्को एउटा बच्चा जन्माएको जानकारी मैले पाएँ । त्यसपछि मैले डा. बस्नेतसँग सम्पर्क गरेँ र सबै कुराको जानकारी गराएँ । उनी मेरो कुरा सुनेर स्तब्ध भइन्, तर अपेक्षा गरेअनुरुपको सहयोग गर्ने असमर्थता उनमा रह्यो । मैले आफ्नै स्तरबाट न्यायका निम्ति गरेको प्रयासमा म सफल हुन सकिनँ, अब न्यायालय, प्रहरी प्रशासन, मिडिया र समाजको शरणमा पर्ने निर्णयमा म अर्थात् रश्मी क्षेत्री (नाम परिवर्तन) पुगेकी छु’ रश्मीले घटना र विचारसँग भनिन् ।

‘रश्मी क्षेत्री (नाम परिवर्तन)ले युरोपबाट इन्टरन्यासनल फाइनान्समा स्नातकोत्तर गरेकी छिन् र, यतिबेला उनी पिएचडीको तयारी गर्दैछिन् । रश्मीलाई यो अवस्थामा पुऱ्याउने व्यक्ति यतिबेला नेपाल सरकार सूरक्षण मुद्रण केन्द्रको कार्यकारी प्रमुखका रूपमा कार्यरत छन् र उनको नाम हो विकल पौडेल । २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा पौडेललाई उक्त पदमा नियुक्त गरिएको थियो । माओवादी नेतृ उर्मिला अर्यालले विकललाई प्रचण्डसम्म पुऱ्याएकी थिइन् । पाँचवर्षे कार्यकाल पूरा भएपछि गठन आदेश संशोधन गरेर उनलाई पुनः सोही पदमा अर्को एक कार्यकालका लागि नियुक्त गरिएको छ । यसपटकको नियुक्तिमा आरजु राणाले निर्णायक भूमिका निर्वाह गरेकी थिइन् । विकल पौडेललाई आरजुसम्म पुऱ्याएर पुनः नियुक्ति दिलाउन स्व. सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापाले सहयोग गरेको बताइन्छ । पासपोर्ट छपाइदेखि इम्बोस्ड नम्बर र सिक्योरिटी प्रेसदेखि जग्गा खरिदसम्मका अनेक ‘प्रोजेक्ट’मा नेताहरूलाई प्रभावित गरेर काम लिन खप्पिस मानिने विकल पौडेलबाट भएको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परेको थियो । तत्कालिक अख्तियार प्रमुख दीप बस्नेतलाई दुई करोड रुपैयाँ बुझाएर विकलले अख्तियारको झमेलाबाट उन्मूक्ति पाएको चर्चा त्यसबेला चलेको थियो ।’

‘विकल पौडेल अत्यन्त प्रतिभाशाली र डाइनामिक मानिसका रूपमा चिनिन्छन् । चातुर्य, वाककला र कतिपय क्षमतामा उनलाई चार्ल्स शोभराजभन्दा कम नभएको उनका निकटवर्तीहरू ठान्दछन् । विकल अत्यन्त सौखिन व्यक्तिका रूपमा पनि चिनिन्छन् । बैंक अफ अमेरिका, युओबी र जेपी मोर्गान जस्ता बैंकहरूमा खाता खोलेर सञ्चालन गरिरहेका विकलमाथि हुण्डीमार्फत नेपालको पैसा अमेरिका पठाउने गरेको आरोप पनि छ । पौडेलसँग दश हजार युएस डलरभन्दा बढी मूल्यका तीन दर्जन बढी रोलेक्स घडी, ओभरकोट, दुई लाख रुपैयाँभन्दा बढी मूल्यका डेढ सय वटा सुट, १५ लाखभन्दा बढी मूल्यका एक दर्जन भन्दा बढी, एक लाखभन्दा बढी मूल्यका आधि दर्जन पेटी र दुई लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने दर्जन बढी जुत्ता रहेको पौडेलका निकटस्थहरूले जनाएका छन् ।’

‘निज पौडेलविरुद्ध के-कस्तो कानूनी कारबाही हुने र, रश्मीले न्याय पाउने हुन् या होइनन्, यो गम्भीर प्रतीक्षाको विषय बनेको छ ।’