२७ श्रावण २०७९, शुक्रबार

मोटोपनको शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम कम

  प्रकाशित मिति
२६ जेष्ठ २०७९, बिहीबार ०३:४२


मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित रहेको विज्ञहरूको ठहर छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धानअनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान्सरको खतरा कमी हुने देखाएको हो ।

विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपना भएका ३ हजार ७७६ वयस्कहरूको अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्रिया गरेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार तौल घटाउने शल्यक्रिया गरेका व्यक्तिमाभन्दा शल्यक्रिया नगरेका व्यक्तिमा क्यान्सरको जोखिम दोब्बर र क्यान्सरबाट मृत्युको सम्भावना तीन गुणा बढी पाइएको थियो ।

विशेष गरी तौल घटाउने शल्यक्रिया गरेका मानिसमा स्तन क्यान्सर, मृगौलाको क्यान्सर, थाइरोइड क्यान्सर, स्त्री रोगको क्यान्सर, फोक्सोको क्यान्सर र मस्तिष्कको क्यान्सरको जोखिम कम देखिएको थियो ।

‘तौल घटाउने शल्यक्रियामार्फत क्यान्सर जोखिम घटाउने फाइदालाई बेवास्ता गर्न सकिँदैन’, अध्ययनका सह–लेखक तथा गुन्डरसेन लुथरन स्वास्थ्य प्रणालीका चिकित्सक डा।जेरेड आर मिलरले भने ।


99
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका