२७ श्रावण २०७९, शुक्रबार

५ फिट ९ इन्च अग्लो हुनुहुन्छ ? तपाईं हुन सक्छ दर्जनौँ स्वास्थ्य समस्या

  प्रकाशित मिति
२३ जेष्ठ २०७९, सोमबार ०७:२८


के तपाईं धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको जोखिम हुन सक्छ ।

अनुसन्धानकर्ताहरूले अमेरिकाका २ लाख ५० हजार गोरा, अश्वेत पुरुष, हिस्पानिक र महिलाका १ हजारभन्दा बढी अवस्था अध्ययन गरेका थिए ।

अनियमित रुपमा मुटुको धड्कन, पिडौँलामा नसा, स्नायुको क्षति र खुट्टामा अल्सरको जोखिम अग्लोपनसँग सम्बन्धित रहेको उनीहरूले पाएका थिए । ५ फिट ९ इन्च वा त्यसभन्दा अग्ला मानिसहरूमा छाला तथा हड्डी संक्रमणको जोखिम रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

उनीहरूलाई रगत जम्ने, नशामा क्षति हुने र नङमा सङ्क्रमण हुने ठूलो जोखिम रहेको उनले बताएका छन् । रकी माउन्टेन रिजनल भीए मेडिकल सेन्टरका वैज्ञानिकहरू अग्ला मानिस किन स्वास्थ्यसँग सम्बन्धित समस्याबाट पीडित हुन्छन् भन्ने बारेमा केही खुलाएका छैनन् ।

रगत लामो दूरीसम्म पम्प गर्नुपर्ने र शरिरलाई स्वस्थ राख्न अनिवार्य मानिने रगत प्रवाहमा कटौती हुने एउटा सिद्धान्त छ । शरीरको धेरै मास बोक्दा हड्डी, मांसपेशी र खुट्टामा थप भार पर्न सक्ने, अनुसन्धानकर्ताहरू बताउँछन् । तर, अग्ला मानिसमा मुटु रोग, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढीजस्ता जोखिम न्यून हुने उनीहरूको भनाइ छ ।

उचाइ पहिले नै विभिन्न स्वास्थ्य अवस्थाहरूसँग जोडिए पनि यो उनीहरूको जीन वा आहार जस्ता अन्य कारकहरूको प्रभावको कारण हो भन्नेमा भने वैज्ञानिकहरू अनिश्चित छन् । अध्ययनमा अनुसन्धानकर्ताहरूले भीए मिलियन भेट्रान प्रोगाम नामक स्वास्थ्य डाटाबेस प्रयोग गरेका थिए । प्रोग्राममा २ लाख ८० हजार अमेरिकीको तथ्यांक समावेश थियो ।

अध्ययनमा ९१ प्रतिशत सहभागी पुरुष थिए । अध्ययन पीएलओएस जेनेटिक्समा प्रकाशित छ । वैज्ञानिकहरूले स्वास्थ्य समस्या र उचाइबीचको नयाँ सम्बन्ध पनि पत्ता लागेका थिए । अग्लो मान्छेको हात तथा खुट्टामा पनि समस्या देखिने बताएका थिए । यस्तो समस्या बेलायतका १० जनामध्ये १ जनामा देखिन्छ ।

सामान्यतया, अग्लो व्यक्तिहरू धेरै शारीरिक दूरीको कारण तिनीहरूको हात-खुट्टासँग सम्बन्धित समस्याबाट पीडित हुने उनीहरूको भनाइ छ ।


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका