२७ श्रावण २०७९, शुक्रबार

व्यायामको उचित समय महिला र पुरुषका लागि फरक

  प्रकाशित मिति
२२ जेष्ठ २०७९, आइतबार १०:४७


महिलाले बिहानको व्यायाममा बढी बोसो पगाल्न सक्ने

व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायाम समय फरक हुनुपर्छ ।

अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायाम उपयुक्त हुन्छ । यसअघिका अध्ययन विशेषगरी पुरुषमा केन्द्रित थिए ।

अध्यताहरुका अनुसार बिहानको व्यायाममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकि पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने अनुसन्धानकर्ताहरूको तर्क छ ।

न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो । सहभागीलाई दुई समुहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरुको शरीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो ।

दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घन्टा व्यायायम गरेका थिए । दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको थियो ।

अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए । साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए । बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो ।

स्किडमोर कलेजका स्वास्थ्य र मानव शारीरिक विज्ञानका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक प्राध्यापक डा. पल अर्सेरियोले भन्छन्, ‘व्यायायमको लागि उत्तम समय भनेको तपाईंले यसलाई गर्न र आफ्नो तालिकामा फिट गर्न सक्ने उत्तम समय हो ।’

अनुसन्धान समूहले बिहानकोे तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो । त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायायममा उनीहरुले बढी बोसो पगाल्न सक्ने अध्ययनमा उल्लेख छ ।


234
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका