गिरिजाप्रसाद कोइरालाबाट को-को उचालिए, को पछारिए ?-हरदम कोइराला

गिरिजाप्रसाद कोइरालाबाट को-को उचालिए, को पछारिए ?-हरदम कोइराला


गिरिजाप्रसाद कोइरालाको निधन भएपछि उहा“को समग्र मूल्याङ्कन गर्ने क्रममा कोइरालाले क-कसलाई उठाउनुभयो र क-कसलाई सताउनुभयो भन्ने पाटोमा पनि चर्चा गर्न थालिएको छ । आफ्नो राजनीतिक जीवनमा चाहेअनुसारको उचाइ चुम्न सफल गिरिजाप्रसाद कोइराला स्वयम्को उचाइ जे-जति भए पनि आफू राजनीतिको केन्द्रभूमिमा रहन उहा“ले विभिन्न सामान्य व्यक्तिलाई क्रेनले झैं तानेर माथि उठाएको र कतिलाई सिध्याउन भरमग्दुर प्रयास गर्नुभएको देखिएको छ । कोइरालाले र्सवाधिक आर्श्चर्यजनक ढङ्गले उठाएकाहरूमा तीनजना मुख्य मानिएका छन्- शेरबहादुर देउवा, कृष्ण सिटौला र महेश आचार्य । २०४६ को परिवर्तनपश्चात् जर्मनीतिरबाट र्फकनुभएका महेश आचार्यले गिरिजाप्रसाद कोइरालास“ग भेटी आफ्नो आवाज र प्रस्तुति राम्रो भएकोले रेडियो नेपालको घटना र विचार कार्यक्रममा बोल्ने व्यवस्था गरिदिन माग गरेका थिए र कोइरालाले तत्कालिक कार्यक्रम सञ्चालक पुरुषोत्तम दाहाललाई महेशको नाम सिफारिस गरिदिनुभएको पनि थियो । तर, दाहालले महेशलाई आफ्नो टिममा लिन अस्वीकार गर्नुभयो, रेडियोमा बोल्ने महेशको सपना पूरा हुन पाएन । पछि उहा“ले कृषि सामग्री संस्थानको महाप्रबन्धक बनाइदिन कोइरालास“ग आग्रह गर्नुभयो, तर आचार्यको त्यो इच्छा पनि कारणवश पूरा हुन सकेन । यसबाट महेश आचार्य कोइरालास“ग अत्यन्त असन्तुष्ट र दुःखी बन्नुभयो, आफूलाई भेट्न आउनेहरूस“ग पनि उहा“ कोइरालाप्रति गुनासो गर्ने र रुने गर्न थाल्नुभयो । पछि २०४८ सालमा प्रधानमन्त्री भए पनि गिरिजाप्रसाद कोइरालाले सबलाई चकित पार्दै महेश आचार्यलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिनुभयो । भलै आचार्यले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सक्नुभएन यो बेग्लै पाटो हो, तर कोइरालाले आर्श्चर्यजनक ढङ्गले उठाएका मानिसमा महेश आचार्य एक हुनुहुन्छ । त्यसैगरी कोइरालाले जीवनमै कायापलट हुनेगरी उठाइदिनुभएको अर्को पात्र हुनुहुन्छ शेरबहादुर देउवा । २०५१ सालको संसदीय निर्वाचनमा काङ्ग्रेस पराजित -बहुमत स्थान हासिल र्
गर्न नसकेको) भएपछि गिरिजाप्रसाद कोइरालाले आफू संसदीय दलको नेता नबन्ने घोषणा गर्नुभयो । त्यसपछि संसदीय दलको नेताका लागि निर्वाचन हु“दै थियो र प्रतिस्पर्धामा शैलजा आचार्य, रामचन्द्र पौडेल, ताराभाट, खुमबहादुर खड्का, शेरबहादुर देउवा आदि उत्रने तयारी गर्दै थिए । त्यसबेला नया“ पुस्ताका नेताहरूमध्ये शैलजा आचार्य बढी प्रभावी, आक्रामक, इमानदार र शक्तिशाली मानिनुहुन्थ्यो । उहा“को अगाडि केही चल्न नसक्ने देखेर देउवाले संसदीय दलको नेतामा दिएको उम्मेदवारी फिर्ता पनि लिइसक्नुभएको थियो । तर पछि गिरिजाप्रसाद कोइरालाले शैलजा आचार्यलाई पनि हट्न बाध्य बनाउनुभयो र देउवालाई संसदीय दलको नेता बन्न सहयोग गर्नुभयो । देउवाका विरुद्ध चुनाव लड्न तयार भएका खुमबहादुर खड्कालगायतलाई पनि कोइरालाले जबर्जस्ती रोक लगाउनुभयो । त्यतिबेला कोइरालाले देउवालाई संसदीय दलको नेता बन्न नसघाउनुभएको भए ०५२ सालमा विघटित संसद् पुनर्स्थापना भएपछि मनमोहन अधिकारीलाई हटाएर देउवा प्रधानमन्त्री बन्न सम्भव थिएन । कोइरालाको त्यही सहयोग देउवाका लागि जीवनमा र्सवाधिक महत्त्वपूर्ण बनेको देखिन्छ । यद्यपि त्यसबेला कोइरालाले देउवालाई दलको नेता बनाउनुको कारण भने रोचक छ । दलको नेतामा दाबी गर्नेहरूमध्ये सबभन्दा अक्षम, नालायक र सोझो व्यक्तिको रूपमा कोइरालाले देउवालाई बुझनुभएको थियो । अन्य कसैलाई उक्त मौका दिएमा भनेको समयमा तल झार्न गाह्रो हुन्छ भनेर देउवालाई कोइरालाले उभ्याउनुभएको हो । तर, त्यसपछि देउवा बढेको बढ्यै भए र काङ्ग्रेस पार्टीलाई नै अप्ठ्यारोमा पार्ने काम पनि देउवाबाट भयो । देउवालाई अघि बढाउनुको परिणाम कोइरालाले धेरै नराम्रोस“ग भोग्नुपरेको थियो ।
त्यसैगरी कोइरालाद्वारा अनपेक्षित ढङ्गले माथि उठाइएका अर्का व्यक्ति हुनुहुन्छ- झापाका कृष्ण सिटौला । नेपाली राजनीति र नेपाली काङ्ग्रेसको राजनीतिमा कुनै खासियत नभएका कृष्ण सिटौलालाई कोइरालाले जीवनको उत्तर्रार्धमा ‘लोखर्केलाई चामलको बोरा बोकाएझैं’ गरी भारी बोकाएर माथि उठाउनुभयो । सिटौलाको प्रभावशून्य व्यक्तित्व कोइरालाको अनेक प्रयासका बाबजुद नेपाली राजनीतिमा स्थापित हुन सकेन या स्थापित हुन सक्दैन भनेर नै कोइरालाले सिटौलालाई उठाउनुभएको थियो । सिटौलाको वास्तविक साइज त काङ्ग्रेसको आगामी महाधिवेशनमा देखिने नै छ, तर कोइरालाले अस्वाभाविक ढङ्गले उचालेका मानिसका रूपमा भने सिटौलाको नाम लामो समयसम्म स्मरणमा रहिरहने स्थिति बनेको छ ।
गिरिजाप्रसाद कोइरालाले अस्वाभाविक ढङ्गले उठाउनुभएका मानिसहरूमा रामकृष्ण ताम्राकार, महन्थ ठाकुर, फर्मुल्ला मन्सुर आदिको नाम पनि लिइन्छ । कोइरालाले एक समय साथ दिएर आफ्नै क्षमता र सङ्घर्षको पृष्ठभूमिका आधारमा नेता हुने छा“टका“ट देखिएपछि लगातार सताइएका नेताहरूमा खुमबहादुर खड्का, विजयकुमार गच्छदार र जयप्रकाश आनन्दलगायतको नाम लिइन्छ । त्यस्तै कोइरालाद्वारा स्थापित रूपमै सताइएका नेताहरूमा भने गणेशमान सिंह, कृष्णप्रसाद भट्टर्राई, जगन्नाथ आचार्य, शेष इद्रिष, भूविक्रम नेम्वाङ, परशुनारायण चौधरी, बलबहादुर केसी, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, ढुण्डीराज शास्त्री, राजेन्द्र खरेल, वासु रिसाल, योगप्रसाद उपाध्याय, तारानाथ रानाभाट आदिको नाम लिने गरिएको छ । जे होस्, गिरिजाप्रसाद कोइराला कसलाई कतिबेला कसरी उपयोग गर्नुपर्छ र कतिबेला पछार्नुपर्छ भन्ने विषयका राम्रो ज्ञाता हुनुहुन्थ्यो । समग्रमा उहा“ आत्मकेन्द्रित मात्र होइन राम्रो उपयोगितावादी पनि हुनुहुन्थ्यो ।