१५ असार २०७९, बुधबार

क्यानडामा भीषण आँधी : ९ लाख घर विद्युतविहीन

  प्रकाशित मिति
९ जेष्ठ २०७९, सोमबार ०२:०४


क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका कारण ढलेको रुखले किचेर चार जनाको मृत्यु भएको छ भने ओटवा नदीमा एउटा डुंगा पल्टिदा एक महिलाको मृत्यु भएको बताइएको छ ।

वातावरण क्यानडा नामक संस्थाका अनुसार आँधीबेहरीको समयमा हावाको वेग ८२ माइल प्रतिघन्टा थियो । ओटारियो समेट्ने उर्जा कम्पनी हाइड्रो वनले हरेक घरलाई पुनः जडान गर्न धेरै दिन लाग्ने जनाएको छ ।

यसैबीच हाइड्रो क्युबेकले त्यहाँका ५ लाख ५० हजार घरमा बिजुली नभएको र झण्डै ४ लाख घरमा अझै पनि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ । दुई घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली आँधीले धेरै रुखहरू ढलेका छन, यातायात अवरुद्ध भएका र घरहरूमा क्षति पुगेको छ ।

अग्निनियन्त्रक र कर्मचारीले ओटावाको सडकमा कारहरूमा ढलेका पोल र तारहरू हटाउन प्रयास गरिरहेका देखिन्छन् ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा

डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको

तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय रासस सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा बुधबार राय बाझिएको पूर्णपाठ सार्वजनिक

सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका