क्वाड शिखर बैठकमा सहभागिताका लागि जापान आइपुगे राष्ट्रपति बाइडेन

क्वाड शिखर बैठकमा सहभागिताका लागि जापान आइपुगे राष्ट्रपति बाइडेन


  • घटना र विचार, जापान प्रतिनिधि

राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलो पटक एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन हिजो (मे २२ तारिख) साँझ दक्षिण कोरियाबाट जापान आइपुगेका छन् ।

जापानमा रहँदा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री किशिदासँगको शिखर वार्ताका अतिरिक्त जापान, अमेरिका, अष्ट्रेलिया र भारत लगायतका चार राष्ट्र सम्मिलित क्वाड शिखर बैठकमा पनि सहभागी हुनेछन् ।

राष्ट्रपति बाइडेनको आज जापानी सम्राट तथा जापानी प्रधानमन्त्रीसँगको भेटघाट तथा शिखर वार्ताको कार्यक्रम तय भएको छ । यसका अलावा जापान बसाइको क्रममा बाइडेनले क्वाड शिखर सम्मेलनमा भाग लिनेछन् ।

यस पटकको क्वाड सम्मेलनले रुसमाथि थप प्रतिबन्धहरु घोषणा गर्ने तथा स्वतन्त्र इन्डो प्यासेफिक क्षेत्रमा बढ्दो चिनियाँ दबाबाका विषयमा साझा धारणाहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ ।