दुई ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दुई ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


  • विकाश रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार सिद्धलेक गाउँपालिका वडा नम्बर-४ चाँपटारीका ३० वर्षीय युवराज थापा मगरको उपचारको क्रममा नर्भिक अस्पताल (काठमाडौं)मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानाएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा. ८० प ७११४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३००१ ख १५८५ र ना ६ ख ५६६ नम्बरको दुई ट्रकले ठक्कर दिएका थिए । दुवै ट्रकका चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।