आयल निगमद्वारा एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य वृद्धि
प्रकाशित मिति
८ जेष्ठ २०७९, आइतबार १६:३३
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ ।
यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ भने अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ।
Shares