आजको पञ्चाङ्ग एवम् राशिफल (९ जेठ २०७९ सोमबार, २३ मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ जेठ २०७९ सोमबार, २३ मे २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ ९ गते सोमबार तद्अनुसार सन् २०२२ मे २३ तारिख ज्येष्ठ कृष्णपक्षको अष्टमी तिथि शतभिषा नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा अमृत योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः४९ मा हुनेछ । गोरखकाली पूजा ।

आजको राशिफल

मेष – मनोकूलको काम बन्ने तथा बोली र व्यक्तित्वको प्रभाव बढ्ने दिन छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्नका लागि उचित समय हो । तार्किक क्षमताले मान(सम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन्। ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आशा उत्साह थपिनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – आरोग्यताका साथै रसरागमा रुचि बढ्नेछ । सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । तर, नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य भने बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने योग पनि परेको छ । प्रेममा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

कर्कट – व्यस्तता बढे पनि आजको दिन रमाइलैसँग बित्नेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई कार्य गर्नुहोला । जोखिममा नपर्नु हितकर हुनेछ ।

सिंह – ग्रहगोचर शुभ फलदायक रहला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ, तर खानपानमा विशेष ध्यान नदिए स्वास्थ्य प्रतिकुल रहने योग छ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

कन्या – कार्यमा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । बौद्धिक र रचनात्मक कार्यमा भने सफलता मिल्नेछ ।

तुला – रसरागमा रुचि बढ्नेछ । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आज अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – यात्रा परक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । जोखिममा नपर्नु उचित होला ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना पनि छ, सचेत रहनुहोला । आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ ।

मकर – भाग्य वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ ।

कुम्भ – भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । मित्रमिलन हुने योग छ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ ।

मीन – रसरागमा रुचि रहला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्ने हुँदा होसियारीसाथ काम लिनुपर्ने समय छ ।