अमेरिकामाथि रुसी प्रतिबन्ध : राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्

अमेरिकामाथि रुसी प्रतिबन्ध : राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्


रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् ।

रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर निकायको सुझावका विरुद्ध गएका थिए ।

पछिल्लो सूचीलाई रुसले पश्चिमी प्रतिबन्धहरूविरुद्ध बदला लिने प्रतीकात्मक कदमको रूपमा हेरिएको छ । सूचीमा अब रुस प्रवेशमा स्थायी रूपमा प्रतिबन्धित ९६३ अमेरिकी समावेश छन् ।

युक्रेन आक्रमणको पूर्वसन्ध्यामा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो । अप्ठ्यारो प्रतिबन्धहरूले रुसी अर्थतन्त्रलाई कठिन बनाएको छ । अमेरिकी प्रतिबन्ध युक्रेनमा थप रुसी कारबाहीविरुद्धमा अवरोध सिद्ध भएका छन् ।

अद्यावधिक गरिएको सूचीमा अमेरिकी सिनेटर र प्रतिनिधि सभाका सदस्यहरूको बहुमत छ । यसमा वर्तमान र पूर्वसरकारी अधिकारीहरू, पत्रकारहरू र थप विषय पनि उल्लेख छ ।