जापानमा नेपाली युवकद्वारा आत्महत्या

जापानमा नेपाली युवकद्वारा आत्महत्या


  • घटना र विचार प्रतिनिधि, ओसाका (जापान)

जापानमा पुनः अर्का एक नेपालीको मृत्यु भएको छ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भइ हाल ओसाका बस्दै आएका शालिकराम कँडेलको बिहीबार मृत्यु भएको हो ।

३१ वर्षीय कँडेलले ओसाकामा कुक पेशा अपनाउँदै आएका थिए ।

ओसाकास्थित आमागाशी शहरमा आफ्नै कोठामा कँडेल मृत फेला परेका हुन् । कम्प्युटरमा प्रयोग हुने तार घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा शालिकरामको शव फेला परेको मृतकका भिनाजु भवन सापकोटाले जानकारी दिएका छन् । उनको आत्महत्याको कारण खुलेको छैन ।

कँडेल एक वर्षअघि मात्रै जापान आएका थिए । उनकी श्रीमती एक महिनाअघि मात्रै जापान आएकी थिइन् ।

नेपालमा मृतकका एक छोरी र एक छोरा भएको तथा उनीहरु हजुरआमासँग बस्ने गरेको जानकारी मिलेको छ । मृतकको अन्त्यष्टि शनिबार (मे २१) गरिने बताइएको छ ।