आजको पञ्चाङ्ग एवम् राशिफल (७ जेठ २०७९ शनिबार, २१ मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ जेठ २०७९ शनिबार, २१ मे २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ ७ गते शनिबार तद्अनुसार सन् २०२२ मे २१ तारिख ज्येष्ठ कृष्णपक्ष षष्ठी तिथि उत्तराषाढ़ा नक्षत्र ६ः२३ पर श्रवण नक्षत्र शुक्ल योग गर करण आनन्दादिमा चर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ बजेमा भयो र सूर्यास्त साँझ १८ः४८ बजे हुनेछ ।

आजको राशिफल

मेष – ब्यस्तता बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन्, होसियारी अपनाउनु पर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । यसका बाबजुद हासविलासमा पनि रुचि बढ्नेछ । सुख–सविधा र विलासका बस्तु बढ्लान् । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्य वृद्धि हुने र आरोग्यता बढ्ने योग छ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । तथापि मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । चिताएको काममा बाधा हुँदा भने मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आज नसोचेको ठाउबाट धनको लाभ हुने योग छ । ब्यापार ब्यबसायमा पनि लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइने हुँदा परिश्रम गर्नु फलदायी हुनेछ । तर धेरै जोखिममा नपर्नहोला । रोकिएको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – आज रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्ने हुँदा यसमा ध्यान दिनुपर्ला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ । सुख बढ्नेछ ।

सिंह – खानपानमाआज एकदमै सावधान रहनुहोला, साथै भौतिक साधनको क्षति हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – प्रेमभाव बढ्नेछ । शुभ र लाभदायक काम बन्नेछन् । जीवनसाथीको सहयोग मिल्नेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, तर सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। साझेदारीको कार्य बन्नेछ ।

तुला – मान महत्व बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । लाभ हुने काममा हात बढाउने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर – साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्नेतर्फ भने विशेष सावधानी अपनाउनुहोला । मेहनतअनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । यसका बाबजुद आशा उत्साह बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – धनसम्पकिा साथै आरोग्यता पनि बढ्नेछ । आयआर्जनका स्रोत वृद्धि होला । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख मिल्नेछ ।