१५ असार २०७९, बुधबार

ट्यालेन्ट हन्टको अडिसन खुल्यो

  प्रकाशित मिति
५ जेष्ठ २०७९, बिहीबार ०२:०१


प्रतिभा भएकालाई ५० लाख जित्ने अवसर

नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू गरेको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट हन्टमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।

ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो ‘रियालिटी शो’मा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । रियालिटी शोको निर्णायकको रूपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् ।

साइना साहारा ग्रुको प्रस्तुति रहेको यस शोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन् भने निर्देशकमा हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला छन् । उक्त शोको विजेताले ५० लाख नगददेखि थप विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउने छन् ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाइ आयोजकले उल्लेख गरेको ठेगानामा पठाउनुपर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्नेछ । आगामी असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

राजन घिमिरे कलाकारितामार्फत आफ्नो पहिचान र उपस्थितिलाई बलियो बनाउँदै अगाडि बढेका अभिनेता हुन् राज कटुवाल । सिनेमाको नायक हुँदै चलचित्र

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र