सार्वजनिक यातायातमा भाडा बढ्यो

सार्वजनिक यातायातमा भाडा बढ्यो


सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत भाडा बढाइएको हो ।

गत चैतमा भाडादर निर्धारण गर्दाभन्दा अहिले डिजेल प्रतिलिटर रु १५ वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ५.१ प्रतिशत भाडा बढाइएको हो ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

पछिल्लो पटक गत चैत १७ मा भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १३८ रहेकामा हाल रु १५३ कायम भएको छ ।