९ जेष्ठ २०७९, सोमबार

न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार १०:१०


न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार जनाइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री जासिन्डाले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको जानकारी दिएकी हुन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने उनले जनाएकी छन् ।

सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको उनले उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि प्रधानमन्त्री जसिन्डाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका

घटना र विचार, जापान प्रतिनिधि राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलो पटक एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन हिजो (मे २२

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९