९ जेष्ठ २०७९, सोमबार

प्रधानमन्त्रीको गृहपालिकामा कांग्रेसका अध्यक्ष प्यानलसहित विजयी

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०६:०३


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका रहेको गन्यापधुरा गाउँपालिका-४ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित बिजयी भएका हुन् ।

गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएको यस वडामा माओवादीकै उम्मेदवार प्रतिद्वन्द्वी थिए ।

माओवादीका उम्मेदवार अहिल्या कुँवर प्रधानसँग २ सय पचास मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएको जनाइएको छ । उनीलगायत विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ । ५ वटा वडा रहेको गन्यापधुरामा १, २, ३ र ५ मा मतगणना भइरहेको बताइएको छ ।


288
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विश्व कीर्तिमानी सगरमाथाआरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छिन् । कल्पनाले गोदावरी नगरपालिकासँगको

नेपालले पनि केही दशकयता पाकिस्तानकै नियति भोगिरहेको छ । पश्चिमाहरू राजासँग बक्री हुनु र राजाका नाममा शपथ खाएको सेनाबाट सङ्कटमा

file photo नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न-भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ

आज चीनले ‘व्यापार-युद्ध’बाटै विश्वमा जनसमर्थन जुटाएर आफ्ना उत्पादनको स्वाद चखाउँदै व्यापार-युद्धको गति तीव्र तुल्याइरहेको छ । अब नेपालीले सोच्ने बेला