९ जेष्ठ २०७९, सोमबार

रुस-युक्रेन युद्धका कारण मूल्यवृद्धि भएपछि भारतले रोक्यो गहुँ निर्यात

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०५:२८


नौ महिनामा नेपाल भित्रिएको थियो ६ खर्बको गहुँ

भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन ।

रुस-युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो ।

भारतको यो निर्णयले नेपाल लगायत थुप्रै देशलाई असर गर्ने जनाइएको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८ ∕ ७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको थियो ।

उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७७ ∕ ७८ मा नेपालले कूल ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँको गहुँ भारतबाट आयात गरेको थियो । सो मूल्यमा ३८ करोड ८२ लाख ७८ हजार ८७७ केजी गहुँ नेपाल भित्रिएको थियो ।

नेपालमा भित्रने सबै गहुँ भारतबाट मात्रै आउने गरेको थियो । भारतले रोक लगाएपछि अब नेपालमा पनि गहुँको अभाव हुने देखिएको छ ।


207
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका

घटना र विचार, जापान प्रतिनिधि राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलो पटक एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन हिजो (मे २२

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो

भारत जम्मू कश्मीरको रामवन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा भएको दुर्घटनामा दुई नेपालीसहित दश जनाको मृत्यु भएको छ