९ जेष्ठ २०७९, सोमबार

चामे गाउँपालिका अध्यक्षमा एमालेका घले, उपाध्यक्षमा कांग्रेसकी लामा विजयी

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०१:०८


मनाङको चामे गाउँपालिका एमाले विजयी भएको छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा ३ सय २५ मतसहित निर्वाचित भएकी छन् । एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत मात्र पाइन् ।

घले यसअघि पनि अध्यक्ष थिए । चामेमा २०७४ को स्थानीय तह चुनावमा कांग्रेसले उपाध्यक्ष जितेको थियो ।

यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।
वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत मात्र पाए ।

वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् भने एमालेका पाल्साङ लामाले ४० मत मात्र ल्याए ।

वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०(३० मत ल्याएका थिए । गोला प्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित भएका छ्न् ।

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकामा ६ सय १० मत मत खसेको थियो ।


135
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९

भारत जम्मू कश्मीरको रामवन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा भएको दुर्घटनामा दुई नेपालीसहित दश जनाको मृत्यु भएको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा